LATEST NEWS

0 commentSunday, 29 May 2016
जेठ;१६
यौनसम्पर्कपछि शुक्रकीट श्रीमतीको पाठेघरभित्र नगएर योनिबाट बाहिर निस्कन्छ । के कारणले होला ? अनि यौनसम्पर्कका बेला श्रीमतीको योनिबाट अधिक मात्रामा चिप्लो पदार्थ आउँछ । किन यस्तो हुन्छ ?के वीर्य र शुक्रकीट एउटै कुरा हो ?
कतिपयले वीर्य र शुक्रकीटलाई एकै मान्छन् तर यी दुवै कुरा एकै भने होइनन् । पहिले वीर्य के हो कुरा गरौं । पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सकिए यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ । यही वीर्यमै शुक्रकीट हुन्छ । तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थीको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थीबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

अब यो शुक्रकीट के हो भन्ने विषयमा पनि कुरा गरौं । सामान्यतया: एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५मिली भन्नाले १ चियाचम्चा जति) निस्कने वीर्यमा शुक्रकीटको संख्या ४ देखि १२ करोड हुन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ । परिपक्व शुक्रकीटको संरचना केही जटिल भए पनि सरल रूपमा भन्नुपर्दा अघिपट्टीको अण्डाकार तर थेप्चो भागलाई ‘टाउको’ भनिन्छ जसको लम्बाइ ४–५ माइक्रोन (१ माइक्रोन भन्नाले १ मिलिमिटरको १ हजारवाँ भाग बुझिन्छ) हुन्छ । बीचको नलि आकारको भाग (middle piece) लाई ‘घाँटी (neck)’ले जोडेको हुन्छ भने पछिल्तिर पातलो पुच्छर हुन्छ । यो शुक्रकीट नै पुरुषको प्रजनन कोष हो । वीर्यमा भएको शुक्रकीटबाट डिम्बको निसेंचन जरुरी हुन्छ । यदि वीर्यमा शुक्रकीट नै छैन भने गर्भ रहन सक्ने कुरै भएन ।

वीर्यमा पाइने शुक्रकीटको उत्पादन भने अण्डकोषमा हुन्छ । अण्डकोषमा अति नै मसिना नली आकारका गुँडुल्किएको (coiled) अवस्थामा भएका seminiferous tubles निरन्तर रूपमा शुक्रकीट बन्ने वा भनौ परिपक्व हुने प्रक्रिया चलिरहन्छ । सामान्य अवस्थामा किशोरावस्थामा एकपल्ट वीर्य बन्ने तथा शुक्रकीटको उत्पादन हुने प्रक्रिया सुरु भएपछि जीवन पर्यन्त निरन्तर रूपमा चलिरहन्छ ।
शुक्रकीट पाठेघरतिर नगएर किन योनि बाहिर निस्किएको होला ?

अब त तपाईंले पक्कै थाहा पाउनुभयो होला कि बाहिर तिर निस्किएको कुरा वास्तवमा वीर्य हो । कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिरतिर आउँछ । यो स्वाभाविक कुरा हो । तपाईं वा तपाईंकी श्रीमतीमा यसले कुनै असजिलो सृजना गर्छ भने यौन सम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । अर्को कुरा तपाईंकी श्रीमतीले अण्डरवेयर भित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।

यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ रहने हो कि भन्ने चिन्ता पनि हुन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौन सम्पर्कको बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा)सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निसेचन (Fertilization) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (Zygote) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।
यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किए जस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त संख्यामा शुक्रकीट पुग्छन् । सामान्यतया: यसरी वीर्य बाहिर निस्कँदा गर्भधारण नहुने कुनै कारण हुँदैन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।

अत्यधिक योनि रस किन आएको ?
यौन उत्तेजनाका बेला पुरुषमा लिङ्गबाट र महिलाको योनिबाट रस आउँछ । पुरुषको हकमा यो नगण्य हुन्छ भने महिलाको योनिरसले भने यौनसम्पर्कलाई सहज बनाउँछ । योनिको भित्री तह श्लेष्म युक्त हुन्छ । त्यसैले स्वाभाविक अवस्थामा पनि यो एक किसिमकले भिजेको अवस्थामै हुन्छ । भिजेको अवस्थामा हुने भए पनि सामान्यतया: थाहा हुने गरी योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेलामा भने अत्यधिक रस आउँछ ।

योनिरस कसरी आउँछ छ त ? यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाब बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थीहरू भने हुँदैनन् तर यसको भित्ता नै रसाएर आउँछ । सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै नै निस्किए योनिद्वारभन्दा बाहिरतिर पनि आउँछ । योनिरसको मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ । यौन उत्तेजनाका बेला योनिरस आउनु स्वाभाविक हो । यसले यौनसम्पर्कमा सहजता ल्याउने भए पनि कहिलेकाहीँ अत्यधिक योनिश्राव भएको स्थितिमा आवश्यक घर्षण नहुँदा यौन आनन्द प्राप्तिमा केही कमी आउन सक्छ । यस्तो स्थितिमा योनि सफाकपडाले पुछेर यौन सम्पर्कलाई निरन्तरता दिन सकिन्छ ।

स्वाभाविक योनिश्राव खासै चिन्ताको विषय होइन तर योनिबाट आउने रस मैलो वा गन्हाउनेछ भने संक्रमण भएको हुनसक्छ तसर्थ चिकित्सकको सल्लाह लिनुपर्छ ।SOURCE;TAJA KHABAR

0 comment
जेठ;१६
हाम्रो नेपाली समाजमा केटी हेर्न केटा लिएर हेर्न जाने चलन छ । तर सोच्नुस् त केटी नै उसका आफन्त हेर्न केटाकहाँ जाँदा कस्तो होला ? पक्कै पनि असहज लाग्नु स्वभाविक हो । नेपाली सर्ट मुभी हनिमुन नाईटले यस्तै कथा बोकेको छ । यो मुभीमा सरु, हेरी, विरु, बद्री, जंगे, विमला लगायतले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियोः
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
SOURCE;ROCHAK KHABAR
0 commentSaturday, 28 May 2016
जेठ;१६
श्रमिती र छोरीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले विमल पुनलाई शुक्रबार पक्राउ गरेको छ ।

पोखरा–१४ रातोमाटे डाँडाका ३१ बर्षीय पुनले २६ बर्षीया श्रीमती नरमाया श्रीष र ६ बर्षीया पूर्णीमा पुनलाई फलामको रडले प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । पुन र श्रीमती विच यस अघि पनि झगडा हुने गरेको स्थानीय स्रोतले जनाएको छ ।

पुनले श्रीमतीलाई रड प्रहार गर्दा चिचाएको आवाज सुने पछि स्थानीय त्यहाँ पुगेको थिए । त्यसपछि स्थानीयले प्रहरीकोमा खबर गरेपछि वडा प्रहरी कार्यालय रामबजारबाट घटना स्थलमा टोली खटिएको थियो । रामबजार प्रहरीले पुनलाई जिल्ला प्रहरी कार्यालय कास्की पुराएको थियो ।

पुनलाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बज्राचार्यले बताए ।

SOURCE;SAMADHAN NEWS
0 commentThursday, 26 May 2016
१४ जेठ, 
 करिब १४ वर्ष अगाडि बुवाको मृत्यु भएपछि विमल घर्तिमगरको परिवार ३ सदस्यमा घटेका थिए । बहिनीको मृत्युपछि अब आमा छोरा मात्रै छन् ।बिमलका बुवाको मृत्यु साँढेले हानेर भएको थियो । उनी प्रहरीका हवल्दार थिए । बुटबलको तालिम केन्द्रमा पीटी गुरुका रुपमा कार्यरत थिए ।

एक बिहान टम्म कुहिरो लागेको थियो । विमलका पिता घर नजिकै मोटरसाइकलमा गइरहेका बेला उनी साँढेसँग ठोकिन पुगे । उनको ‘स्पट डेथ’ भएको एन्फाका केन्द्रीय सदस्य तथा स्थानीयवासी प्रकाश पंगेनी बताउँछन् ।श्रीमानको निधनपछि बिमलकी आमाले दुख गरेर दुई छोराछोरी हुर्काइन् । परिवारको आर्थिक अवस्था राम्रो थिएन । अहिले पनि सम्पत्तिका नाममा जम्मा ३ कठ्टा जति खेत र टिनले छाएको सानो घर छ उनीहरुका साथमा ।

दुईवटा कोठा र एउटा भान्सा भएको घर कुनै सेलिब्रिटी खेलाडीको जस्तो लाग्दैन । यद्यपि विमलले राष्ट्रिय टोलीबाट फुटबल खेल्न थालेपछि परिवारको आर्थिक अवस्थामा सुधार आइरहेको छ । श्रीमानको मासिक पेन्सन आउने भएकाले पनि धेरै भरथेग हुन्छ ।

बिमल आफ्नी बहिनीलाई चौपट्टै माया गर्थे । प्रत्येक पटक घर जाँदा बहिनीलाई उपहार लैजान्थे । दाजुबहिनीमा धेरै कुरा सेयर हुन्थ्यो । आफ्नो प्रेमको विषयमा मनिषाले दाजुलाई बताएकी थिइन् । बिमलले दुवै जनालाई राखेर सम्झाएका पनि थिए ।

‘उनीहरुको प्रेमलाई आशिषको परिवारले नस्वीकारेकाले विमलले दुवैलाई राखेर सम्झाउने कोशिष गरेका थिए,’ पारिवारिक श्रोत भन्छ ।

स्थानीयवासीका अनुसार मनिषाको शील स्वभाव सबै राम्रो थियो । उनी जोसुकैसँग सजिलै घुलमिल हुन्थिन् र गाउँमा सबैसँग राम्रो व्यवहार गर्थिन् ।

उनले बुधबार मात्रै ११ कक्षाको अन्तिम परीक्षा दिएकी थिइन् । उनी पढाइमा सिरियस थिइन् ।

बिमलले सरकारी स्कुलमा पढे पनि मनिषाले भने बोर्डिङ स्कुलमा पढेकी हुन् ।

बिमल प्रायः बाहिरै हुने भएकाले घरमा आमाछोरी मात्रै बस्थे । आमा बुधबार काम विशेषले बुटबल गएकी थिइन् । बिहीबार बिहान ४ बजे उनी घर फर्किँदा छोरीको शव देखेर बेहोस भएकी थिइन् । उनी अहिले पनि अर्द्धमुर्छित् अवस्थामा छिन् ।

मनिषाका प्रेमी आशिष भने खराब संगतका कारण कुलतमा फसेका थिए । उनी जमिन्दारका छोरा हुन् । परिवारमा उनको सबै पुगिसरी छ । उनले ११ कक्षा पास गर्न नसकेपछि पढाई छाडेका छन् । साथीहरुलाई खुवाउने-पियाउने काममा धेरै पैसा खर्चिन्छन् ।

मनिषाकी आमाले बुधबार दिउँसो छोरीसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन् । साँझबाट भने मनिषाको मोबाइल अफ थियो । आशिष राति मनिषाको घरमा स्कुटर लिएर आएको र १२-१ बजेतिर बाहिरिएको छिमेकीहरुले बताएका छन् । उनले मनिषाको सल बोकेर निस्केका थिए ।

विमलको घर नजिकै अंकलको घर छ । उनका हजुरवा पनि छन् । परिवारमा केही अभर पर्दा उनीहरुले हेर्छन् । पैसा कमाउन थालेपछि चाँडै नयाँ घर बनाउने योजना बिमलले बनाएका थिए ।

साफ गेममा स्वर्णपदक जितेर फर्केपछि बिमललाई स्थानीय स्तरमा सम्मान गरिएको थियो । सो कार्यक्रममा उनकी आमा र बहिनी पनि थिए । सम्मान ग्रहण गर्दा उनी बुवालाई सम्झेर खुबै रोएका थिए । आमा र बहिनी पनि बिमललाई अंगालो मारेर रोएका थिए ।

बिमलका बुवा आफ्ना छोरालाई ठूलो फुटबल खेलाडी बनाउने सपना देख्थे । तर, छोरो देशको चर्चित फुटबलर भएको उनले हेर्न पाएनन् ।
SOURCE;ONLINE KHABAR

0 comment
जेठ;१४
दुई छोरी एक छोरा र एक नातीकी हजुरआमा पोइला गएकी छिन् । यो खबर झापाको हो । चकचकी गाविस –५ राजवान निवासी ३७ वर्षीया निर्मला खनाल सोही गाविस – ४ निवासी ५० वर्षीय शन्तवीर राजवंशीसंग पोईला गएकी हुन् । राजवंशी पनि हजुरवुवा हुन् । उनका पनि २ छोरा २ छोरी ४ नाति नातिना छन् । खनालका श्रीमान वैदेसिक रोगजारीका सिलसिलामा मलेसिया गएका थिए । सोही समयदेखि उनको र राजवंशीको प्रेम सम्वन्ध झङ्गिएपछि उनीहरु ९ दिन अघि भागेको गोपाल सुवेदीले बताउनुभयो । सुवेदी निर्मलाका नातामा भिनाजु हुन् । सुवेदीले भन्नुभयो –‘ सालीले झण्डै साढे दशलाख रुपैयाँ लिएर राजवंशीसंग पोइला गइछिन् ।’
खनालका श्रीमान मलेसियाबाट गत फागुन महिनामा मात्रै घर फर्किएका थिए । ति महिलाका श्रीमान् देवी खनाल घर फर्किएपछि राजवंशीको र निर्मलाको सम्वन्ध झन् बढ्दै गएको र उनीहरु भागेको बताइएको छ । राजवंशीले ति महिलालाई गत वैशाख १४ मगलवार भगाएको बताएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमा भेटिनुभएका राजवंशीले भन्नुभयो– हाम्रो मन मिल्यो अनि अस्ती मंगलवार हामी भाग्यौं ।’


राजवंशीका श्रीमती पनि छिन् । उनकी श्रीमती ढुलढुली राजवंशी हुन् । राजवंशी र निर्मला भागेपछि उनका श्रीमान देवी खनाल सहित निर्मलाका भिनाजु सुवेदीले इलाका प्रहरी कार्यालयमा निदेदन दिएपछि घटना सार्वजनिक भएको हो । खनाल र राजवंशीलाई प्रहरीले विहीवार छलफलमा राखेपछि यस्तो घटना सार्वजनिक भएको थियो ।
यता उनकी जेठी छोरीले वुवाले विदेशबाट पठाएको ६ लाख ५० हजार रुपैयाँ र विभिन्न समूहबाट ५ लाख १० हजार रुपैयाँ ऋण लिएर आमा राजवंशीसंग पोइला गएको बताउनुभयो । आफू आमासंगै माइतमा भाइवहिनी लिएर बसेको र आफ्नो नानी पनिसंगै रहेको छोरीले बताउनुभयो । आमा हिडेको नौ दिन भयो भन्दै उहाँले अगाडि भन्नुभयो–‘हिड्ने दिन पनि नौ हजार रुपैयाँ लिएर हिड्नु भयो तर पहिला नै समूहबाट पैसा निकालेर लानुभएको रहेछ ।
आमा र राजवंशी वीचको सम्वन्ध पहिला थाहा नभएको र आमा भगेपछि मात्र सबैकुरा थाहा पाएको उहाँले बताउनुभयो । यता निर्मलाकी कान्छी छोरीले पनि आमाले पैसा लिएर राजवंशीसंग गएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा छलफल भइरहदा चकचकीका सयौ मानिस सहभागी थिए । स्थानीय राजनीतिक दलका प्रतिनिधि सहित सामाजिक अगुवाहरुको पनि त्याहाँ उपस्थिति थियो । धेरैले यस्तो घटना पहिलो पटक सुनेको र देखेको बताउँदै थिए ।
यता निर्मलाका भिनाजु सुवेदीले पहिलादेखि नै उनीहरुसंगै हिडेको देखेपछि सालीलाई घरवार विग्रन्छ यसरी नहिड भन्दै सम्झाएपनि उनले नमानेको बताउनुभयो । धेरै पटक सम्झाउदा पनि सालीले मानिन् सुवेदीले भन्नुभयो–‘ समूह बाट ऋण तथा विदेसबाट श्रीमानले पठाएको गरेर साढे दशलाख रुपैया लिएर राजवंशीसंग उनी पोइला गइछन् ।’
यता निर्मलाले आफूले त्यत्रो पैसा नलगेको दवी गर्नुभयो । आफूले घर खर्च चलाउदा धेरै पैसा सकिएको र श्रीमनले पनि विदेशबाट खासै पैसा नपठाएपछि आपूmले समूहबाट ऋण लिएकी थिए भन्नुभयो । उहाँले छलफलका क्रममा आफूले समूहबाट ऋण लिएको भने स्वीकार्नु भएको छ । राजवंशी र खनाल भागेर केही समय हेटैडा बसेको बताइएको छ । प्रहरीले खोजी गरेपछि आफूहरु झापा आएको राजवंशीले बताउनुभयो । निर्मलाले मलाई छोड्न सक्दिनन अब म पनि उनलाई छोड्न सक्दिन राजवंशीले भन्नुभयो – नहुँनु हाम्रो बदनाम भइगयो अब हामीसंगै बस्छौं ।’
SOURCE;POST DAINIK 
0 commentWednesday, 25 May 2016
१३ जेठ  ।
 नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो।

नेपाली कांग्रेसका स्थानीय नेता एवं छिमेकी शम्भुलाल श्रेष्ठले घटनाको प्रकृति हेर्दा बलात्कारसमेत भएको हुनसक्ने बताए। मनिषा गत राति घरमा एक्लै थिइन्। घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको र प्रहरी टोलीले अनुसन्धान सुरू गरेको छिमेकी श्रेष्ठले बताए।
एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि हत्याको पुष्टि गरेका छन्। उनलाई एन्फा नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले हत्याको खबर गरेका थिए। ‘विमल घर्तीकी ममी बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको खबर पाएँ,’ प्रकाश पंगेनीको भनाई उद्धृत गर्दै श्रेष्ठले भने, ‘प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताए।’
प्रहरीले हत्या अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन्। 
SOURCE;LIGHT NEPAL 
0 comment
जेठ;१३
 कुनै एक मस्त जवान युवती तपाईंको अगाडी आएर ‘कन्डम कहाँ पाइन्छ ?’ भन्ने प्रश्न गरिन् भने, तपाईं के गर्नुहुन्छ ?
लाजले अनुहार निहुराउनुहुन्छ ? या, किनेर ल्याइदिनुहुन्छ ? कतिपय त भाग्छन् होला ।भारतमा एउटा यस्तै घटना भएको छ । सार्वजनिक स्थलमा हिडिरहेका मानिसहरुसँग विना संकोच उनले कन्डम कहाँ पाइन्छ ? भन्दै सोधेकी थिइन् ।

उनले महिला र पुरुष दुवैलाई यो प्रश्न गरेकी थिइन् । कति मानिसहरु उनको प्रश्नको जवाफ नै नदिई भागेका थिए त कतीपयले औषधि पसल देखाइदिएका थिए ।त्यस्तै प्रश्नमा एक जना युवाले त आफ्नै खल्तीबाट कन्डम झिकेर उनको हालमा थमाइदिएका थिए ।खासमा ती युवतीले कन्डम प्रयोगबारे जनचेतना जगाउन यस्तो काम गरेकी थिइन् । जसका कारण आम मानिसमा कन्डम किन्ने बानी बसोस् र असुरक्षीत यौन सम्पर्कबाट बचाउन सहयोग पुगोस् 
SOURCE;ROCHAK KHABAR