सेल्फी खिच्ने क्रममा नदीमा खसेर बेपत्ता युवतीको शव फेला -
चितवन, २० फागुन । चितवनस्थित नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव आज बिहान फेला परेको छ । पाँच दिनपछि उनको शव फेला
उनको खोजीका लागि प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए । प्रहरीले खोजीका क्रममा आज बिहान करिब ५ बजेतिर उनको शव फेला पारेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । घटनास्थलभन्दा करिब ५० मिटर तल शव फेला परेको उहाँले जानकारी दिनुभयो । आइतबार दुई किशोरी नदीमा खसेकामध्ये एकजनाको उद्धार भए पनि एकजना बेपत्ता भएकी थिइन् । गैँडाकोट–१६ की १९ वर्षीया नम्रता सापकोटाको घटनाभएकै दिन जीवितै उद्धार भएको थियो ।स्रोत;ओएस नेपाल,
No comments: