पत्याउन गाह्रो तर सत्य, यि हुन् करोडपति भिखारी, बैंक ब्यालेन्स कति छ हेर्नुहोस
भारतको पटना निवासी पप्पु कुमारबारे सुनेपछि फूटपाथमा बसेर माग्नेहरुप्रति तपाईंको धारणा नै बदलिन सक्छ । ऊसँग ३ वटा बैंकमा खाता छ । ती खाताहरुमा गरी जम्मा १ करोड २५ लाख भारु ब्यालेन्स । साथै १० लाख रुपैयाँ क्यास पनि ।
उसको यस्तो बलियो आर्थिक अवस्थाबारे तब खुलासा भयो, जब आरपीएफ (रेलवे सुरक्षा बल)ले त्यस क्षेत्रमा रहेका भिखारी हटाउने अभियान थाल्यो । सुरक्षा बलले उसको साथबाट ४ वटा एटीएम कार्ड बरामद गर्यो । साथै १० लाख रुपैयाँ क्यास पनि । बैंकहरुबाट ब्यालेन्स सर्टिफेकट मगाउँदा त सुरक्षाकर्मीहरुको होसहवास उड्यो । उसको खातामा १ करोड २५ लाख भारु बचत रहेछ । उसले स्थानीय व्यापारीहरुलाई ब्याजमा पैसासमेत लगाएको खुलेको छ । -एजेन्सी
No comments: