LATEST NEWS

घामले छाला डढे यसो गर्नुहोस् , डडेको कालो भाग हटाउने घरेलु उपाय..

Posted by Daily News Pokhara ~ Friday, 25 December 2015

बाटोमा हिँड्दा वा कतै घुम्न जाँदा घामले छाला डढेर कालो हुने हो कि भन्ने चिन्ता सबैमा हुन्छ। घामको परावैजनी किरण लामो समयसम्म पर्दा छाला सुक्खा हुने, छालाको रङ बदलिनेजस्ता असर देखिन सक्छन्। घामको जलनबाट जोगिनका लागि के गर्ने त? यसका लागि सौन्दर्य विशेषज्ञहरूले केही उपाय बताएका छन्।
लोसन वा क्रिम.
घामबाट डढ्ने जोखिमबाट बच्न सबैभन्दा सजिलो उपाय भनेको लोसन वा क्रिम लाउनु हो। मोइस्चराइजर, एन्टी रेडनेस लोसन तपाईंको हात, पाखुरामा लगाउनुहोस्। यसले छाला थप डढ्नबाट जोगाउँछ।
एलोवेरा
प्राकृतिक वनस्पति एलोवेरामा ९९ प्रतिशत पानी हुन्छ। बाँकी १ प्रतिशतमा १५० वटा खनिज र भिटामिन, क्याल्सियन, कपर म्याग्नेसियम, सेलेनियम, अमिनो एसिड, सोडियम, जिंकजस्ता सूक्ष्म पोषक तत्व पाइन्छ। एलोवेराको पातलाई काटेर बिस्तारै नांगो छालामा लगायो भने घामबाट जोगिन मद्दत गर्छ। एलोवेराको जेलमा छालामा चिपचिप नलागीकनै सोसिन सक्ने गुण हुन्छ। त्यो जेल अनुहारमा लगाएर सुक्न दिनुहोस्। त्यसपछि, चिसो पानीले अनुहार धुनुहोस्। एक दिनमा धेरैपल्ट यसो गर्नाले अनुहार राम्रो हुन्छ। आलु
आलुमा पनि घामको किरणबाट छालालाई जोगाउने गुण हुन्छ र यसले घामबाट डढेको छालालाई राहत दिन्छ। प्रभावित छालामा बिस्तारै आलुको टुक्रा लगाउनाले फाइदा पुग्छ। त्यस्तै, आलुको पेस्ट बनाएर अनुहारमा लगाउने, अनि सुक्खा भएपछि धुनाले अनुहार राम्रो हुन्छ।
नरिवलको तेल
नरिवलको तेल सनब्लकको रूपमा प्रयोग हुन सक्छ। यसले घामको किरणबाट डढेको छालालाई राम्रो बनाउँछ। छालामा एलर्जी हुनबाट जोगाउने भएकाले धेरै कस्मेटिक उत्पादनमा पनि नरिवल प्रयोग हुने गर्दछ। नरिवलको तेल र एलोवेराको जेललाई मिसाएर अनुुहारमा लगाउनाले अनुहारको जलन, चिलाउने वा रातो फोका निको हुन्छ। साथै, यसले अनुहारमा शीतलता प्रदान गर्दछ। घामले डढ्नेबित्तिकै नरिवलको तेल प्रयोग गर्नु हुँदैन। बीचमा कम्तीमा एक दिन ग्याप राख्नुपर्छ।
काँक्रो
काँक्रोले जलेको वा बिग्रिएको छालालाई उपचार गर्न सहयोग गर्छ। यसमा भएको पानी, भिटामिन ए र सी, फोलेट, म्याग्नासिज, सिलिका, सल्फरले प्राकृतिक रूपमा नै छालालाई उपचार गर्न सक्छ। एउटा सानो काँक्रोको पेस्ट बनाएर अनुहारमा दल्नाले फाइदा पुग्छ। त्यो पेस्टलाई आधा घन्टासम्म अनुहारमा राखेर मात्र पखाल्नुपर्छ।
पुदिना र ग्रीन टी
पुदिना प्राकृतिक रूपमा शीतल हुन्छ। त्यसैले, यसले घामको जलनबाट जोगाउँछ। ग्रीन टीको पाँच वटा टी ब्याग र तीन कप पुदिनाको पात पानीमा राखेर तताउने र त्यसलाई चिसो बनाएपछि नरम कपडाले अनुहारमा लगाउनाले छालालाई फाइदा पुग्छ।
 दही
दहीमा प्रोबायोटिक्स र इन्जाइम हुने भएकाले छालामा भएको दुखाइ र जलनलाई चाँडो ठिक पार्छ। दही केही नहालेको सादा हुनुपर्छ। दही लगाउनुअघि हात राम्रोसँग धुनुपर्छ। लगाएपछि कम्तीमा पाँच मिनेट त्यसै छोड्नुपर्छ।
आइस क्युब र पानी 
जलेको छाला र घामबाट डढेको उपचार गर्नका लागि तपाईंले आइस क्युब र चिसो पानी प्रयोग गर्न सक्नुहुन्छ। तर आइस क्युब सिधै छालामा लगाउनु हुँदैन। कपडामा बेरेर बिस्तारै छालाको रातो भागमा लगाउनुहोस्। दैनिक रूपमा धेरै चिसो पानी पिउनुहोस्। यसले जलवियोजनबाट रोक्नेमात्र होइन शरीरको तापक्रम पनि घटाउँछ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply