LATEST NEWS

सिन्धुपाल्चोकमा मात्रै चिसोले ७ भूकम्पपीडितको मृत्यु अधिकांश बिरामी >> पुरा पढ्नुहोस प्रतिक्रिया र शेर गर्दिनुहोस

Posted by Daily News Pokhara ~ Wednesday, 23 December 2015

सिन्धुपाल्चोक – अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् ।

ठोकर्पा ३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ । ‘आमालाई दमको रोग थियो,’ छोरा नेत्रबहादुर पहरीले भने, ‘सुन्निएर बित्नुभो ।’ टोलमा अरु धेरै जना चिसोले सुन्निएको उनले बताए । ‘अरु पनि केहीको मृत्यु भइसक्यो,’ उनले भने ।

तीन सातायता ठोकर्पा ३ को पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् । गाउँमा बिरामी पनि त्यत्तिकै छन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply