LATEST NEWS

नेपाली महिलाले रेलको शौचालयमा जन्माएकी बच्ची रेलको ट्रयाकमा खसिदा पनि सकुशल छिन्..हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Friday, 1 January 2016

काठमाडौं, १६ पुष । चलिरहेको रेलको शौचालयमा एक नेपाली महिलाले जन्माएकी नवजात शिशु चिप्लिएर रेलको ट्रयाकमा खसेर पनि सकुशल रहेकी उत्तर प्रदेश रेलवेका अधिकारीले जनाएका छन् । सोमबार भोजपुरा रेलवे स्टेसननेर ट्रयाकमा खसेकी नवजात शिशुलाई सामान्य चोटमात्र लागेको बताइएको छ ।

नेपालको कञ्चनपुरकी पुष्पा नामक महिलाले टनकपुरबाट बरेली गइरहेको रेलको शौचालयमा बच्चीलाई जन्म दिएकी थिइन् । बच्ची खसेको थाहा पाएपछि उनले चिच्याएर अरु यात्रीलाई खबर गरेकी थिइन् । यात्रीले आपतकालीन चेन तानेर रेल रोकेका थिए ।

रेलको ड्राइभरले स्टेसन म्यानेजरलाई खबर गरेपछि तुरुन्त एम्बुलेन्स बोलाएर शिशुलाई अस्पताल पुर्‍याइएको थियो । अहिले आमा र बच्ची दुवैको भारतकै अस्पतालमा उपचार भइरहेको र दुवै स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply