LATEST NEWS

साबधान!निन्द्राको गडबढीले पनि ज्यान लिन सक्छ>>>> यो समस्याबाट छुट्कारा पाउनुहोस्

Posted by Unknown ~ Sunday, 10 January 2016

डेली न्युज पोखरा
राती, विहान, दिउसो, साँझ जतिबेला पनि निन्द्रा लागिरहन्छ । म त सारै हैरान भइसके, काम गरेर पनि खान नसक्ने स्थितीमा पुगेको छु, जहाँपनि पनि निन्द्रा लाग्दा मेरो प्रतिष्ठामा समेत आँच आउन थाल्यो डाक्टरसाव भन्दै हात जोडेरै एक जना उच्च खान्दानका बिरामीले थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालका छाती तथा निन्द्रा रोग विशेषज्ञ डा. निलेशजंग सिजापतिलाई बिन्ती गरे,‘मलाई यो समस्याबाट जति सक्दो जाँडो छुट्कारा दिलाइदिनु पर्यो, यो गुन कहिलै बिर्सने छैन म ।’

ती बिरामीलाई धेरै निन्द्रा किन लाग्छ र यसले असर स्वास्थ्यमा कस्तो पर्छ भन्ने परामर्श सहित केही दिनका लागि औषधि खान प्रेस्क्रिप्शन थमाएर पठाउनासाथ अर्का बिरामी ‘दिउसो मात्र होइन राती पनि आँखा नै झिमिक्क हुँदैन, मनमा कुरा खेलिरहन्छ, विस्तारामा छट्पटीदा छटपटिदै बिहान हुन्छ’ भन्दै आत्तिदै डा. सिजापतिसमक्षनै आइपुगे ।

डा. सिजापतिबाट पहिलेका बिरामीको भन्दा फरक परामर्श पाए उनले अनि मन हल्का भएको बताउँदै बाहिरिए उनी । सिजापति जस्तै निन्द्रासँग सम्बन्धीत चिकित्सकरु अचेल धेरै नै व्यस्त हुने गरेका छन् ।

कि धेरै नै निन्द्रा लाग्दा दैनिकी नै असहज भएको भन्दै बिरामी चिकित्ससँग बिलौना गर्न पुग्छन बिरामी कि जति गरे पनि निन्द्रा नै लाग्दैन भन्दै थकित अनुहारामा पुग्छन् । यस्ता रोगका साथ धाउने बिरामीको संख्या पछिल्लो समय ह्रात्तै बढेको र उनीहरुको जीवन जोखिममा परेको समेत चिकित्सक बताउँछन् ।

धेरै निन्द्रा लाग्ने (नार्कोलेप्सी ) र कम निन्द्रा लाग्ने (इनसोम्नियाँ) रोग भएको उनीहरुको भनाई छ । अध्ययनले निन्द्राको गडबढीले मानिसलाई ८० भन्दा बढी रोगको सिकार बनाउँदै ज्यान लिने बताइरहेका बेला नेपालमा यस्ता समस्या लिएर अस्पताल जानेको संख्या बढेको हो ।

लामो समय देखि निन्द्राका रोगहरुबाट ग्रसित बिरामीलाई परामर्श र थेरापी सिकाइरहेका डा. सिजापतिका अनुसार धेरै निन्द्रा लाग्दा उव्जिने रोग मध्ये सबैभन्दा विकरालरुपमा देखिएको घुर्ने रोग हो । राजनीतिक दलका नेता, उद्योपति, व्यवसायी, दिनभरी एकै स्थानमा बसेर काम गर्नु पर्ने मजदुरहरुलाई धेरैपटक गहिरो निन्द्रा लाग्ने र उनीहरुमा ठूलै आवाजै निकालेर घुर्ने समस्या अत्याधिक देखा परिहरेको डा. सिजापतिले बताए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नाक कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाशराज काफ्लेका अनुसार घुर्ने समस्या समाधान नहुँदा नेपालमा पनि विशेषगरी श्रीमान र श्रीमती छोडपत्र समेत गर्न थालेका छन् । जुन अन्य मुलुकमा सामान्य समेत हुन थालेको अध्ययले समेत देखाइसकेको छ ।

‘धेरै निन्द्रा लाग्नेहरुको निन्द्रा पनि गहिरो हुन्छ, नाक, घाँटी वा फोक्सोमा समस्या आउँदा त्यो व्यक्ति लामो समयदेखि घुरिरहेका हुन्छन् तर सामान्य भन्दै चिकित्सकको परामर्श लिन आउँदैनन्,’डा.सिजापतिले भने,‘ अन्तत: समस्या जटिल भएपछि मात्रै आत्तिदै आउँछन उनीहरु ।’

अध्ययनअनुसार ‘साइलेन्ट किलर’ घुर्ने समस्या समयमा नियन्त्रण नगर्ने हो भने हृदयघात, मस्तिष्क घात, उच्चरक्तचाप, मधुमेह जस्ता रोगको सिकार हुनुे खतरा सामान्य मानिस भन्दा २० प्रतिशत धेरै हुन्छ ।

डा. रेग्मी भन्छन्,‘घुर्नुलाई सामान्यरुपमा लिन मिल्दैन किनभने यसले मानिसको ज्यान थाहै नपाई लिन्छ ।’ आवाज ननिकाली घुर्नेहरुमा ऐठन (अव्स्ट्रक्टिभ सिल्पि एप्नीय ) को समस्या धेरै नै देखिने गरेको छ ।

चिकित्सकका अनुसार सुतेका बेला शरीरका कुनै अंगमा प्रेसर पर्‍यो राम्रोसँग रक्तसंचार हुन नपाउँदा श्वासप्रश्वास राम्ररी हुन नपाउँदा ऐठन हुन्छ । एउटै अवस्थामा लामो समयसम्म सुत्दा पनि ऐठन हुने गर्छ ।

पसिना निकाल्ने, दाह्रा किट्ने, निन्द्रामा हिड्ने, डरलाग्दा सपना देख्ने ,निन्द्रामा बोल्ने, दिनभर भोगेका वा देखेका घटना सपनामा पनि देखेर अत्तालिने, सपनामा उठेर किचेन वा फ्रिजमा रहेका खानेकुरा खान खोज्ने (प्यारासोम्नियाज नामक रोग)समस्या पनि धेरै देखिने गरेको डा. सिजापति बताउँछन् ।

जसको समयमै उपयुक्त चिकित्सकको परामर्शमा औषधि भन्दा पनि थेरापी लगायत उपचार प्रक्रिया अगाडी बढाउनु पर्ने उनीको भनाई छ । चिकित्सकहरुले निन्द्रा प्रयोगशाला’ बिरामीलाई सुताएर जाँच गरी रोग पत्ता लगाउने प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।

निन्द्रा नलाग्ने समस्याबाट उव्जने डिप्रेशन, एन्जाइटी जस्ता रोग कम गर्न छिटो सुत्ने, एउटै समयमा सुत्ने र उठ्ने, तनाव कम गर्न संगित सुन्ने, कसैलाई आफ्नो समस्या बताउने, सुत्नु भन्दा अघि शारीरिक अभ्यास गर्ने, राती धेरै नखाने, पढ्ने लगायत गर्नु पर्छ । अहिलेको व्यस्तजीवनशैली, सूचना र प्रविधिले निन्द्रामा गडवडी ल्याई युवाहरुमा समेत रोग निम्ताउने गरेकाले यसमा ध्यान दिन चिकित्सकले सुझाव समेत दिएका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply