LATEST NEWS

दिनप्रतिदिन सम्वन्ध बिच्छेद्का घटना बढ्दै छ आखिर किन होला - एस्को कारण थाहापाउन तलको फोटो वा लिंकमा क्लिक गरि पुरा जानकारी लिनुहोस्....

Posted by Unknown ~ Sunday, 17 January 2016

डेली न्यूज़ पोखरा: आर्थिक वर्ष २०६९/०७० मा डोटी जिल्ला अदालतमा सम्वन्ध बिच्छेदका पाँचवटा मुद्धा दर्ता भए। दर्ता भएका पाँच मुद्धाहरुमा चार सोही वर्ष फैसला भए भने एक २०७०/७१ सर्‍यो । २०७०/०७१ मा पनि थप पाँच वटा मुद्धाहरु दर्ता भए । पछिल्लो वर्षवाट सरि आएको एक र सो वर्षका पाँच गरी ६ मुद्धाहरुमध्ये दुई मुद्धा फैसला भए दुईमा मिलापत्र भयो र दुई आर्थिक वर्ष २०७१/०७२ मा सरे ।

०७०/०७१ मा पाँच मात्रै नयाँ मुद्धा दर्ता भएकामा आर्थिक वर्ष २०७१/०७२ मा भने ११ सम्वन्ध बिच्छेदका मुद्धाहरु दर्ता भएको डोटी अदालतले जानकारी दिएको छ । गत वर्षवाट सरी आएका दुई मुद्धा सहित ११ मुद्धाहरुमा आठ मिलापत्रमा टुंगिएका छन, तीन फैसला भएका छन भने दुई आर्थिक वर्ष २०७२÷०७३ मा सरेका छन ।

चालु आर्थिक वर्ष २०७२/०७३ को पुषसम्ममा १० नयाँ मुद्धा दर्ता भएका छन । ०७१/०७२ वाट जिम्मेवारी सरी आएका दुई र चालु आर्थिक वर्षमा दर्ता भएका दुई गरी १२ मुद्धा मध्ये चार फैसला भएको डोटी अदालतको मुद्धा शाखाले जानकारी दिएको छ ।

०७०/०७१, ०७१/०२ र २०७२/०७३ को संख्या हेर्दा जाँदा सम्वन्ध बिच्छेदका मुद्धाहरु तिव्र गतिमा बढिरहेको देखिएको छ । के कारण हुन सक्छ सम्वन्ध बिच्छेद्का मुद्धा बढ्नुमा ? सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र डोटीकी प्रमुख देवकी वोहरा भन्छिन ‘मुख्य कारण प्रेम विवाहनै हो ।’ उनका अनुसार कलिलो उमेरमा प्रेम सम्वन्ध राखी बिवाह गर्ने पछि श्रीमान–श्रीमतीका बिचमा कुरा नमिल्दा सम्वन्ध बिच्छेद् गर्ने गरेका छन । यसका साथसाथै वालविवाह, वहुबिवाह पनि यसको कारण हुन सक्ने वोहराले वताईन । ‘सञ्चारको दुरुपयोग भएका कारण पनि यो समस्या आएको छ’ वोहरा भन्छिन ‘फोन वा फेसबुकमै भएको कुराकानीका आधारमा बिवाह गर्ने र पछि एकअर्कालाई राम्रोसंग बुझेपछि संगै वस्न नसक्ने अवस्थामा पुग्ने पनि कारण हुन सक्ने पनि भएको हुन सक्छ ।’

डडेल्धुरामा कार्यरत पत्रकार सम्झना पाण्डे पनि प्रेम बिवाहका कारण यो समस्या आएको हुन सक्ने वताउँछिन । उनि भन्छिन ‘फोन वा फेसवुकको प्रयोगवाट प्रेम सम्वन्ध हुने बिहे गर्ने गर्छन, पछि समस्या आउँछ । परिपक्व उमेर नपुगिनै बिहे गर्नु, अन्तरजातीय बिहे पनि यसका कारण भएको उनको बुझाई छ। महिलाहरु सशक्त भएर घरेलु हिंसा सहनु भन्दा अलग भएर बस्नु उपयुक्त ठानेर पनि सम्वन्ध बिच्छेदमा लाग्ने गरेको सम्झनाले वताईन।

‘सञ्चार प्रबिधिको गलत प्रयोग भएका कारणसानै उमेरमा फोन र सामाजिक सञ्जाल मार्फत प्रेम सम्वन्ध गाँसिने र त्यसपछि भागेर बिहे गर्ने घटना बढ्दै गईरहेका देखिएको छ’ महिलाको क्षेत्रमा क्रियाशिल अधिवक्ता मेरिना श्रेष्ठले भनिन् ‘महिलामाथी हुने हिंसाप्रति महिलाहरुमा चेतनाको बिकास भएका कारण पनि न्यायालयसम्म मुद्धा पुग्न थालेका छन ।’ उनी भन्छिन् ‘यसअघि पनि आफुमाथी भएको हिंसाका कारण थुप्रै महिलाहरु घरपरिवार र श्रीमान्संग छुट्टिएर बस्ने गरेका थिए तर ति घटना न्यायालयसम्म पुग्ने गरेका थिएनन्। अहिले कानुनमा सहज पहुँच भएका कारण मुद्धा न्यायालयसम्म पुग्न थालेका हुन।’

प्रेम बिवाहकै कारण समस्या आएको कुरामा सहमति जनाउँछन अधिकारकर्मी अधिराज बिसी। उनी भन्छन ‘महिलाहरु सशक्त भएर स्वतन्त्र वस्न पनि चाहान्छन, यसले गर्दा पनि
सम्वन्ध बिच्छेद्का घटनाहरु बढेका हुन सक्छ। व्यक्तिवादी सोच हावी भएर पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढेको उनको भनाई छ। श्रीमान–श्रीमती सम्वन्ध बिच्छेद गरेर अलग बस्ने तर त्यसले गर्दा उनीहरुका वालवालिकाहरुको मानसिकता कस्तो होला भन्ने वारेमा नवुझेका कारण पनि यो समस्या भएको हुन सक्ने उनको भनाई छ।

अधिवक्ता शंकरदीप मडै भन्छन ‘सम्वन्ध बिच्छेद् त पहिले पनि हुने गरेका थिए तर ति मुद्धाहरु कानुनको दायरामा आउने गरेको थिएन।’ अहिले महिलाहरु सशक्त भएर कानुनी रुपमै सम्वन्ध बिच्छेद् गर्न थालेपनि घटनाहरुको संख्या बढेको देखिएको उनको भनाई छ। ‘घरेलु हिंसावारेमा पहिले महिलाहरुलाई ज्ञान नभएरपनि सहेर बस्ने गर्थे तर अहिले ति घटनाहरु वाहिर आउन थालेका छन’ मडै भन्छन ‘प्रेम बिवाह र वालबिवाह पनि यसको कारण हो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply