LATEST NEWS

मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्

Posted by Unknown ~ Sunday, 17 January 2016

डेली न्युज पोखरा;
के तपाईले मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ । कतिपयले धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक धारणा समेत राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको गल्तीले गर्दा पनि धेरै पैसा काटिरहेको हुन सक्छ ।

यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु हुन्छ भने तपाईको मोबाइलमा रहेका विभिन्न एप्लिकेशन स्वत रुपमा अपडेट हुने हुँदा डेटा प्रयोग भइरहेको हुन सक्छ । अथवा इन्टनेट सुचारु हुँदा तपाईले इन्टरनेट प्रयोग नगरेपनि डेटा ट्रान्सफर भइरहेको हुन सक्छ । जसलाई ब्याक फम डेटा भनिन्छ । र, सो डेटा प्रयोग भएअनुसारको शुल्क ब्यालेन्सबाट काटिएको हुन्छ । यस प्रक्रियालाई रोकि अतिरिक्त शुल्क लाग्नबाट जोगिन यी तरिका अपनाउन सकिन्छ ।

तपाईको फोनको शुल्कमार्फत विभिन्न एप्लिकेशनहरु स्वत अपडेट हुन नदिनका लागि एप्लिकेशन सेटिङमा गई अटोमेटिक अपडेट अफ गर्नुपर्छ । वा डेटा प्रयोग नगरेको बेला डेटा सेटिङबाट डेटा अफ मोडमा राख्न सकिन्छ । यसो गरेको खण्डमा जति डेटा प्रयोग गरिन्छ सोहि अनुसारको शुल्क लाग्दछ ।

Categories
Tags

Related Posts

1 comments:

  1. smart phone bata internet chalauda.. background data off garnu hola... setting bhitra gayera data usage ma gayera off garna sakinxa...tyo option na bhaye restrict background data off garnu bhayeko khandama chalayeko apps ko matra usage data anusharle katne garxa...restrict background data off garna ko laagi.. setting bhitra data usage magayera apps lai select gardai restrict background data ma check lagaudai gardai janu hola...hope you enjoy the internet..thanks for reading..

    ReplyDelete