LATEST NEWS

१६ वर्षीया पप स्टारले मोडेको जनमत,ताइवान राष्ट्रपति निर्वाचन

Posted by Unknown ~ Tuesday, 19 January 2016

डेली न्युज पोखरा;
माघ ५, २०७२ : ताइवानी जनताले शनिबार टेसाइ इङ वेनलाई राष्ट्रपति निर्वाचित गरेका छन् । उनी ताइवान इतिहासमा राष्ट्रपनि बन्ने पहिलो महिला हुन् । तर, उनको विजयको लागि १६ वर्षीय पप स्टारले गरेको ‘गल्ती’ले पनि भूमिका खेलेको धेरैले अनुमान गरेका छन् । यही कारण ति पप स्टार अहिले ताइवानमा चर्चाको केन्द्र बनेकी छन् ।

केरियन गल्र्स संगीत व्याण्ड ट्वाइसकी सदस्य चाउ जुयु कोरियामा बस्ने भए पनि उनी ताइवानी मूलकी हुन् । अनलाइनमा देखाइएको विभिन्न कार्यक्रममा उनले कोरियाली झण्डासहित रिपब्लिक अफ चाइना (ताइवानको आधिकारीक नाम) को झण्डा बोकेकी थिइन् ।

जुयुले ताइवानको झण्डा बोकेको तस्बिरलाई आफ्नो ट्वीटरमा पोष्ट गर्दै चिनियाँ समर्थक ताइवानी सेलिब्रेटी हुवाङ एनले जुयुलाई ताइवानी स्वतन्त्रताको समर्थक र अधिकार्मी भन्दै टिप्पणी गरेकी थिइन् ।

सन् १९४९ को चिनियाँ गृहयुद्धलगत्तै ताइवान चीनबाट छुट्टिएर स्वतन्त्र राष्ट्र भए पनि चीनले उसलाई अझैं आफ्नो अधिनमा रहेको टापु ठान्ने गरेको छ । चीनले आफ्नो स्वतन्त्र राष्ट्रको अस्तित्व स्वीकार नगरेकोमा ताइवानी जनता उसँग वर्षौदेखि रुष्ट छन् ।



यही घटनाका कारण चिनियाँ टेलिभिजन आन्हुईले कोरियन गल्र्स व्याण्ड ट्वाइसको चिनियाँ न्यू इयरमा देखाउने भनिएको सबै कार्यक्रमको प्रशारण रद्द गऱ्यो । चीनले ताइवान स्वतन्त्रताको पहिचान झल्काउने सेलिब्रेटीमाथि यस्तै खालको सजाय यसअघि पनि दिंदै आएको थियो । चिनियाँ टेलिभिजनले प्रतिबन्ध लगाएपछि ट्वाइसको यो वर्षको ठूलो कमाई गुमेको छ ।

जुयुसँग सम्झौता गरेको कोरियन मनोरञ्जन कम्पनी जेवाईपीले यो घटनालगत्तै चीनमा आफ्नो उपस्थिति बन्द गरेको छ । आफ्नो ठूलो बजार गुम्ने डरले आत्तिएको जेवाईपीले ताइवानको चुनावको अघिल्लो दिन आफ्नो यूट्युब च्यानमा एउटा भिडियो पोष्ट गर्‍यो जसमा जुयुले ताइवानको झण्डा देखाएकोमा माफी मागेकी थिइन् ।‘चीन एउटै मात्र छ । ताइवानको दुवै भाग एकै हो र म आफूलाई सधैं चिनियाँ नागरिक सम्झन्छु र यसमा गर्व गर्छु’, भिडियोमा उनले भनेकी छन् ।
तर सयको साइड इफेक्ट के भयो भने धेरै ताइवानी जनताले जुयुलाई दबाव दिएर यस्तो माफी माग्न लगाइएको ठाने । भिडियोमा देखिएकी जुयु लिखित माफी पढिरहेकी थिइन् र निकै अत्तालिएकी देखिन्थिन् ।

तर, आफ्नो च्यानलमा माफीको भिडियो सार्वजनिक गरेको मनोरञ्जन कम्पनी जेवाईपीले आफूले दबाव दिएर जुयुलाई माफी माग्न नलगाएको प्रतिक्रिया दिइरहेको छ । उसले भनेको छ,‘अभिभावकको सल्लाहमा उनले आफैं माफी मागेकी हुन्, उनलाई हामीले सहयोग गरेका मात्र हौं ।’

चुनावको दिन ताइवानमा उनको यो भिडियो चर्चित बन्यो र मानिसहरुले सामूहिक रुपमा यसप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरुको भनाई थियो, ‘एक ताइवानी नागरिकले आफ्नो पहिचान जनाउँदा पनि चिनियाँ दबावमा माफी माग्नुपर्‍यो ।’

धेरै मानिसको लागि यो आक्रोशको बिषयमा थियो कि चिनियाँ पक्षले उनीहरुको स्वतन्त्रताको सम्मान गरेको छैन् । ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा स्वीकारेको छैन् ।

सोमबार सम्ममा यो भिडियो ५७ लाख पटक हेरिएको छ र युट्युबमा यसले ३ लाख डिस्लाइक र २२ हजार लाइक पाएको छ । यो भिडियोमा १ लाख ४० हजार कमेन्ट छन् ।राष्ट्रपति चुनिएकी टेसाइको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी पहल्यिैदेखि ताइवानको स्वतन्त्रताको पक्षधर पार्टीको रुपमा चिनिन्छ र राष्ट्रपति चुनिएलगत्तै उनले ताइवानको चीनसँगको सम्बन्ध जनताको चाहना अनुसार हुने प्रतिक्रिया दिएकी छन् । उनको यो विचारलाई धेरै ताइवानी जनताहरुले सोसल मिडियामा सेयर गरेका छन् ।

आफ्नो विजयपछिको सम्बोधनमा पनि टेसाइले यो घटनाबारे उल्लेख गरेकी छन् :

‘केही दिनयता हामीले एउटा समाचार हेरिरहेका छौं । एक १६ वर्षीय ताइवानी युवतीले आफ्नो देशको झण्डा देखाएको भन्दै आक्रमण भएको छ । यसले राजनीतिक आस्था भन्दा बाहिर धेरै मानिसलाई आक्रोशित बनाएको छ ।ताइवानी सेलिब्रेटीले चिनियाँ पक्षबाट आक्रमण खेप्नु परेको यो पहिलो पटक भने होइन् । सन् २००० मा गायक ए मेईलाई राष्ट्रपतिको सपथ ग्रहण समारोहमा ताइवानको राष्ट्रिय गान गाएको भन्दै चीनले आफ्नो देशमा प्रस्तुति दिन एक वर्षको प्रतिबन्ध लगाएको थियो ।



ताइवानका सेलिब्रेटीले बोलेका कुरा समेत राजनीतिकरण हुने गरेको छ । ताइवानी सेलिब्रेटी शो लुओले एक पटक चीनमा फिल्म प्रिमियरको क्रममा ‘हामी सबै चिनियाँ’ भन्दा उनले एकै दिनमा आफ्नो पेजमा १० हजार फ्यान गुमाएका थिए । उनीविरुद्ध ताइवानी जनताले ‘चीन फर्किएर जा’ भन्दै इन्टरनेटमा आलोचना गरेका थिए ।स्रोत;कुविक एनपी न्युज 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply