LATEST NEWS

हिमालयन बैंकका एक कमर्चारीले ग्राहकको लाखौं रुपैयाँ खातामा जम्मा नगरी गोजीमा हालेपछि>>>> पढ्नुहोस पुरा खबर

Posted by Unknown ~ Thursday, 14 January 2016


डेली न्युज पोखरा;पौष ३०
काठमाडौँ; ग्राहकले आफ्नो खातामा जम्मा गर्न दिएको लाखौं रुपैयाँ हिनामिना गरेको अभियोगमो हिमालयन बैंकका एक कमर्चारी पक्राउ परेका छन् ।



हिमालयन बैंक सामाखुसी शाखामा कार्यरत काउन्टर सहायक रुपककुमार कार्कीलाई तीनजना ग्रहाकले जम्मा गर्न दिएको रकम गायव गरेको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो ।तीनजना ग्राहकले आफ्नो खातामा जम्मा गर्न दिएको रकम खातामा जम्मा नै नभइ गायव भएको पाइएपछि बैंकका म्यानेजर मधुसुदन कार्कीले दिएको उजुरीका आधारमा कार्की पक्राउ परेका हुन् ।


उनले काठमडौंको टोखा बस्ने निर्णय श्रेष्ठले डिसेम्बर ३ मा जम्मा गरेको २ लाख रुपैयाँ, सामाखुसी टाउन प्लानिङका बिजय लामाले गत मंसिर २४ मा जम्मा गर्न दिएको ५० हजार रुपैयाँ र सामाखुसी पवित्र नगर बस्ने शोभा गुरुङले गत कात्तिक २९ जम्मा गर्न दिएको एक लाख रुपैयाँ खातामा नहाली गायव गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘यो घटनामा बैंकको पनि चरम लापरबाही देखिएको छ’, महानगरीय प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले भने, ‘दैनिक गरिने साधरण हिसाब किताबमा पनि बैंक चुकेको देखियो । रकम गायब भएका ग्रहाकहरुलाई बैंकले क्षतिपूर्ति दिनुपर्छ ।’

प्रहरीका अनुसार काउन्टर सहायकले रकम जम्मा गरेको बैंकको छापसहितको भौचर ग्राहकलाई दिएर त्यो रकम खातामै नहाली आफैंले लगेको स्वीकारेका छन् ।

काउन्टर सहायक कार्कीविरुद्ध प्रहरीले ठगीमा र बैंकिङ कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply