श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरे यो सत्य घटना हो - पुरा घटना पढ्नुहोस्......
डेली न्यूज़ पोखरा: रत्ननगर (चितवन) भरतपुरमा श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानकारी दिनुभयो ।
गए राति ११ बजे भएको उक्त घटनापछि गम्भीर घाइते भएकी जमुनाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा आज बिहान ज्यान गएको हो ।
घरायसी झगडाका क्रममा श्रीमानले उनलाई दाउराले प्रहार गरी हत्या गरेको पाइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ ।
स्रोत: दैनिक नेपाल
No comments: