कोरियामा नेपाली कै कारण नेपालीलाई यसरी हुँदैछ समस्या - आखिर किन पुरा खबर हेर्नुहोस ....
डेली न्यूज़ पोखरा माघ ६: भूकम्प र नाकाबन्दीका कारण दक्षिण कोरियामा गएका नेपाली अबैधरुपमा बस्नेक्रम फेरि बढ्न थालेको छ ।
कोरिया रहेका कुल कामदार मध्ये अबैधको संख्या पाँच प्रतिशत हाराहारीमा पुगिसकेको छ । कोरियाले अबैध पाँच प्रतिशतभन्दा माथि जाने बित्तिकै सम्बद्ध मुलुकलाई अलर्ट गर्दै कामदार लिन रोक्ने चेतावनी दिएको छ । दुई वर्ष अघि कोरियाले नेपाल सरकारलाई गैरकानुनीको संख्या पाँच प्रतिशतभन्दा माथि कुनै हालतमा जान नहुने भन्दै तत्काल घटाउन भनेको थियो ।
घटाउन नसके नेपाली कामदार लिन बन्द गर्ने चेतावनी दिएपछि सरकारले स्वदेश फिर्ता भएकालाई स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्न ऋण दिने घोषणा गरेको थियो । चार बर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार कोरियाको कानुन अनुसार स्वतः गैरकानुनी हुन्छ ।
केरियामा रोजगार अनुमति प्रणालीमार्फत ३४ हजार पाँच सय जना नेपाली युवा काम गर्न पुगेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

No comments: