गमला फुटाउँदा भारतमा नेपालीले यसरी ज्यान गुमाए, गुल्मीमा आमाको बिचल्ली - हेर्नुहोस् >>>>
डेली न्यूज़ पोखरा
नयाँदिल्ली, ४ माघ । भारतको हरियाणाको गुढगाउँस्थित दीपक मलोत्राको निजी निवासमा घरेलु कामदार रहेका एक नेपाली कामदारले गमला फुटाएको अभियोगमा सजाय पाउँदा ती नेपाली युवकले आफ्नो ज्यान दिएका छन् ।
गुल्मी, नयाँगाउँ–६ घर भएका केशव गमाल मगरले छिमेकी खेराको गमला फुटाएको बहानामा पिटाइ खाएपछि पीडा र अपमान सहन नसकेर आफू सुत्ने कोठामा झुण्डिएर ज्यान दिएको नेपाली जनसम्पर्क समिति भारतका सहमहामन्त्री विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
२० वर्षीय केशवले घर मालिकको गाडी बाहिर निकाल्ने क्रममा ब्याक गर्दैगर्दा छिमेकीको दुर्इ वटा गमला फुटेका थिए ।
उच्च न्यायालयका वकिल रहेका छिमेकीले गमला फोडेको निहुँमा कुटपिट गरेलगत्तै शनिबार अपरान्ह साढे ३ बजे केशव आफ्नो कोठामा गएर छानोसँगैको बिममा गलबन्दीको पासो बनाएर झुन्डिएका थिए ।
डेढ महिनायता घरेलु काममा खटएका केशवले मासिक ६ हजार भारतीय रुपियाँमा काम गर्दै आएका थिए ।
केशवले काम गर्ने घर मालिकले पनि छिमेकीले आफ्नो कामदारलाई कुटपिट गरेकोमा तत्कालै आपत्ति जनाएका थिए । छिमेकीले अधिवक्तालाई पनि धम्की दिएका थिए ।
मृतक केशवका दाइले पनि केही महिनाअघि सडक दुर्घटनामा परेर हरियाणामा ज्यान गुमाएका थिए । उनकी आमा र भाइबहिनी गुल्मी गाउँमा ज्यालादारी काम गरेर जीवकोपार्जन गरिरहेका छन् ।
यो घटनाबारे नेपाली राजदूतावासमा पनि जानकारी गराइएको छ । नेपाली कामदारको अनाहकको मृत्यु घटनामा सरोकार राख्दै आवश्यक अनुसन्धान एवं कानूनी प्रकृयाको तदारुकताका लागि स्थानीय प्रहरी प्रशासनमा दवाव दिन नेपाली जनसम्पर्क भारतका केन्द्रीय अधक्ष बाल कृष्ण पाण्डे, क्षेत्रीय सद्य ललित जिसी, राजु नेपाल, युबराज भट्टराई, शाखा अधक्ष टीकाराम पाण्डेलगायतका प्रिनिधिले घटनामा पुगी कम गर्ने मालिका दीपक मलोत्र , पुलिस अफिसर मानीष, थाना प्रमुख हीरा सिंह, रमेसपाल समेतला घटना स्थलमा बोलाई नायिक जाँचबुझा गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

No comments: