छोराछोरीको दुखले ९० वर्षको उमेरमा दुलहीको खोजी हर्नुहोस >>>
डेली न्यूज़ पोखरा:
गुजरात – मान्छेको मन पनि कस्ता कस्ता सपना सँगाल्छ । यस्तै देखिएको छ भारतको गुजरातमा । गुजरातमा एकजना ९० वर्षीय बृद्धले बिहे गर्न दुलही खोजिरहेको समाचारले यस्तै देखाउँछ । बैंकबाट सेवानिवृत्त मनसुख नामक ती बृद्धकी श्रीमतीको २० वर्ष अघि निधन भएको थियो । उनको दुई छोरा र दुई छोरी रहेका छन् । ९० वर्षको उमेरमा उनी आफ्नो छोरीसँगै बस्छन् । बुवालाई हेरचाह गरेवापत छोरीले प्रति महिना १७ हजार र छोराले ६ हजार भारतीय रुपैयाँ लिने गर्दछन् ।
छोराछोरीको ध्यान आफ्नो स्याहार र मायाप्रेममा भन्दा पनि पैसामा छ भन्ने लागेपछि उनले अकोर्् विवाह गर्ने सोच बनाएका हुन । “छोराछोरीलाई यो बुढो कतिखेर मर्ला र सम्पत्ति बाँडौंला भन्ने भएको छ ।” उनले भनेको समाचारमाध्यमहरुले बताएका छन् । त्यसैले बाँकी उमेरमा आफ्नै ढंगले बाँच्नका लागि उनले बिह ागर्न खोजेका हुन । यसका लागि उनले एउटा च्यारिटेबल संस्थालाई दुलही खोज्न अनुरोध गरेका छन् । कुनैपनि उमेरको दुलही आफूलाई स्वीकार्य हुने उनले बताए ।

No comments: