अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो, आखिर कति पुग्यो - हेर्नुहोस् पुरा खबर जानकारीको लागि >>>
डेली न्यूज़ पोखरा:
७ माघ, काठमाडौं । अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार नेपाली बजारमा एक अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ २४ पैसा पुगेको छ ।
बिहीबारको डरको मुल्य हालसम्मकै उच्च रहेको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्याकारी निर्देशक भिष्म ढुंगानाले अनलाइनखबरलाई बताए ।
‘अहिलेको डलरको मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो,’ ढुंगानाले भने । अहिलेको डलरको मूल्यले ०७१ भदौ महिनाको रेकर्ड तोडेको छ । त्यसबेला डरको मूल्य १ सय ९ रुपैयाँसम्म पुगेको थियो ।
बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ८ रुपैयाँ ६४ पैसामा किनेर १ सय ९ रुपैयाँ २४ पैसामा बिक्री गर्ने जनाएको छ । केही महिनायता डलरको भाउ लगातारजसो बढिरहेको छ ।
‘अमेरिकी अर्थतन्त्र बलिया हुँदै गएकाले अमेरिकी डलर महंगिएको हो,’ ढुंगानाले भने । अमेरिकामा बेरोजगार दर पनि घटिरहेको छ । अन्य देशको पैसा पनि डलरमा कन्भर्ट हुन थालेपछि विश्वभर डलरको माग बढेकाले मूल्य पढेको हो । पछिल्लो समयमा भारतीय मुद्रा पनि डलरसँग अबमुल्यन हुँदै आएको छ ।
डलरको भाउ अझ केही बढ्न सक्ने भए पनि धेरै माथि भने नजाने कार्यकारी निर्देशक ढुंगानाले बताए । ‘आउने त्रैमासमा अमेरिकी अर्थतन्त्रको सूचकांक के हुन्छ, डलरको मूल्य त्यसमा भर पर्छ,’ उनले भने- ‘त्यसैले डलरको मूल्य खासै धेरै माथि त नजाला ।’
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुने ढुंगानाले बताए ।
‘डलरको मूल्य बढ्दा कम्तीमा पनि नेपालको ३० प्रतिशत अन्तराष्ट्रिय व्यापार प्रभावित हुन्छ,’ उनले भने । विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमा तिर्नुपर्ने भएकाले नेपाली अर्थतन्त्रलाई घाटा हुने उनले बताए ।
नेपालको दुई तिहाई व्यापार भारतसँग छ । भारत र नेपालबीच स्थिर बिनिमय दर भएकाले डलर बढ्दा पनि ठूलो असर नपर्ने विज्ञहरुले भनाई छ ।
डलरको मूल्य बढ्दा घाटाहरु धेरै भएपनि बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्ने छ । यसैगरी पर्यटन, हस्तकला तथा गार्मेन्ट उद्योगलाई पनि यसले फाइदा पुर्याउने छ ।

No comments: