LATEST NEWS

नेपाललाई चीनले सहयोग गर्नुको रहस्य खुल्यो, चीनको पनि आफ्नै स्वार्थ ! - हेर्नुहोस् पुरा खबर.....

Posted by Unknown ~ Sunday, 17 January 2016

डेली न्यूज़ पोखरा ४ माघ: भारतको नाकाबन्दीको बीचमा नेपाललाई चीनले धेरै नै सहयोग गरेको छ र गरिरहेको छ ।
अहिले पनि भारतको नाकाबन्दी हटिसकेको छैन् भने नेपालका अधिकांश नेताहरु चीनसँग सम्बन्ध बढाउने स्थितीमा पुगिसकेका छन् । भारतको नाकाबन्दीको मौकामा चीनले पनि नेपालसँग सम्बन्ध बढाउनका लागि निरन्तर सहयोग उपलब्ध गराइरहेको छ ।
उसले सुरुमा झण्डै १४ लाख लिटर इन्धन अनुदानमा सहयोग गरेको थियो त्यसपछि इन्डक्स चुलो र थप १४ लाख लिटर इन्धन अनुदानमा दिने सम्झौता पनि गरेको छ । चीनले विश्व बैंकलाई टक्कर दिन खोलेको एसियाली विकास बैंकमा नेपाललाई बोर्ड सदस्य समेत बनाएको छ ।
यी सबै सहयोग र सम्बन्ध भारतको नाकाबन्दीपछि नै बनेका हुन् । हुनत त्यो भन्दा पहिला पनि चीनसँग नेपालको सम्बन्ध थियो तर, यति गाढा थिएन् ।
अहिले आएर यो सम्बन्धमा चीनले पनि आफ्नो स्वार्थ देखाउन थालेको देखिएको छ । सहयोगका नाममा भारतले नेपालका नदी नाला र तराईमा आँखा गाडिरहेका बेला चीनले भने पहिलो चरणमा नेपालका वन्यजन्तुमा आँखा लगाएको छ ।
वनमन्त्री अग्नि सापकोटालाई बेइजिङ बेलाएर चीनले नेपालसँग दुई जोडी गैँडा मागेको छ । चीन सरकारले नेपाललाई पर्दा गरेको सहयोगको बदलामा चार गैंडा मागेको हो । आइतबार स्वदेश फर्किएका वनमन्त्री सापकोटाले यो प्रस्तावमा आफूले सकारात्मक जवाफ दिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार नेपालले सँधै चीनसँग मागिरहेको भन्दै नेपालका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । चीनको कूटनीतिक पहलबाट सोबारेमा पत्र प्राप्त भएपछि कानुनी प्रावधान हेरेर नेपाल सरकारले निर्णय गर्ने उनले बताए ।
मन्त्री सापकोटाको भ्रमणका क्रममा सीमा क्षेत्रमा पाइने वन्यजन्तुको संरक्षण तथा वन पैदावार तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा दुवै देशले पहल गर्ने सहमति भएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply