LATEST NEWS

दाइजो प्रथालाई चुनौति दिँदै बिहेमा दाइजो एक रूपैयाँ ! मात्र - हेर्नुहोस् पुरा खबर कुन ठाउँमा भयो एस्तो >>>

Posted by Daily News Pokhara ~ Tuesday, 19 January 2016

डेली न्यूज़ पोखरा: हाम्रो छिमेकी देश भारत दाइजो प्रथाका लागि कुख्यात नै छ भन्दा फरक नपर्ला । भारतको यस्तो कुप्रथाको प्रभाव हाम्रो दक्षिणी क्षेत्रमा पनि पर्ने गरेको छ र त्यहाँ दाइजोजन्य विभिन्न हिंसा महिलाहरुमाथि हुने गरेका छन् । भारतीय समाजको दाइजो प्रथालाई चुनौति दिँदै भारतमा एक जोडी युवा युवतीले एक रुपैयाँ दाइजो सहित लगन गाँठो कँसेका छन् ।भारतको हरियाणास्थित इस्माइलावादमा एक युवतीले दाइजो दिएर आफ्नो विवाह गराउने कुराको विरोध मात्र गरिनन् आफ्नो बिहेका सम्बन्धमा आफ्नै बाउआमाको कुरा समेत मानिन् र केवल कन्यादानमा दाइजो स्वरुप एक रुपैयाँ आफ्नो बिहे सम्पन्न गरिन् ।
स्थानीय दानीपुर गाउँ निवासी जसविन्द्र लोहचव लामो समयदेखि आफ्नो छोरी मोनिकाको बिहेको लागि उपयुक्त वरको खोजीमा थिए । एक ठाउँ उनले बिहेको टुंगो पनि गरे जहाँबाट प्रसस्तै दाइजो मागिएको थियो । तर स्नातक उत्तीर्ण मोनिकाले दाइजो दिएर आफ्नो बिहे गर्ने कुरा अस्विकार गरिन् ।
आफुले दाइजो बिना विहे गर्ने उनको अडान थियो । परिवारले उनको यस्तो निर्णयमा असहमती जनाए तर मोनिका निर्णय परिवर्तन गर्ने पक्षमा थिइनन् । अन्ततः मोनिकाले भनेजस्तै भएको छ ।
पन्जाबको जिरकपुरका मनदीप धालिवाल नामका युवक मोनिकालाई विना दाइजो बिहे गर्न राजी भए । गत हप्ता उनीहरुको बिहे भयो ।
स्नातकोत्तर उत्तीर्ण मनदीपलाई बेसार दलेको एक रुपैयाँ भारु दिएर मोनिकाका बाबुले मोनिकाको कन्यादान गरे । २० जना जन्ती आएका थिए बिहेमा । विहे समारोहमा अन्य खर्च पनि निकै कम गरियो र केवल ५ सय भारु खर्चमा बिहे टुंगियो । मोनिका खुसी छिन् । दाइजो नभै बुहारीको रुपमा छोरी खोजेका परिवार आफुलाई मिलेको उनी बताउँछिन् ।स्रोत : कुविक एनपी न्युज 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply