LATEST NEWS

एउटा समाचार जसले बन्धक बनेको १२ दिनको बच्चालाई आमाको काख दिलायो -हेर्नुहोस सत्य खबर'<<<>>>>

Posted by Unknown ~ Monday, 1 February 2016

डेली न्युज पोखरा;
१२ दिनको बच्चालाई बन्धक बनाएको समाचार सार्वजनिक भएपछि अस्पताल प्रशासनले बच्चालाई आमाको जिम्मा लगाएको छ । सुत्केरी हुँदा उठेको बिलको पैसा खोज्न भन्दै पाल्पास्थित एक नीजि अस्पतालले १२ दिनको बच्चालाई अस्पतालमै राखेर आमालाई ऋण खोज्न माइती गाँउ पठाएको थियो ।

आफन्तको सहयोग खोज्दै गुल्मी सदरमुकाम तम्घास पुगेकी महिलाको दर्दनाक कथा रातोपाटीमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएको केही घण्टापछि अस्पताल प्रशासन आफ्नो विवेकहीन निर्णय सच्चाउन बाध्य भएको हो । समाचार प्रकाशित भएको अर्को दिन अर्थात माघ १७ गते विहान अस्पताल प्रशासनले ति महिलाको सुत्केरी हुँदा लागेको सबै खर्च मिनाह गरेर निःशुल्क डिस्चार्ज गरेको हो ।

१२ दिनको बच्चा कसरी बन्धन बन्ने अबस्था आयो ? र कसरी उसले आमाको कोख पाउन सम्भव भयो ? तपाईले यसको सबै कुरा एक–एक थाहा पाउन जरुरी छ । किनभने यो एउटा घटना संचार माध्यममा आएर हल भएको विषय हो, तर यो प्रवृति देशका नीजि सबै अस्पालतको हो, जसले मानिसको जीवनलाई पैसासँग मात्र हेर्छन् । मानिसको मृत्युसँग उनीहरुको सरोकार हुँदैन, सरोकार र कारोबार मात्र पैसासँग हुन्छ । यही प्रवृतिविरुद्ध लड्न पनि यो जानकारी तपाईंले थाहा पाउनैपर्छ ।

यो घटनाको एक–एक कथा तपाईलाई बताउँदैछौँ ।

यसरी पुगिन् अस्पताल

सपना भण्डारीलाई सुत्केरी गराउन उनका पति विशाल भण्डारीले पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा भर्ना गराएका थिए । यो नीजि मेडिकल कजेल हो । अस्पताल भर्ना भएकी सपनाले माघ ३ गते छोरी जन्माइन् । सपनाको अहिले उमेर २३ बर्ष भएको छ । बच्चाको तौल कम भएको भन्दै अस्पतालले उनलाई आइसीयूमा राख्यो ।

माघ ८ गते अस्पतालले ३५ हजारको बिल दियो । बिल आएपछि पति विशाल बुटवल गएर पैसा खोजेर आउँछु भन्दै पत्नी सपना र छोरीलाई अस्पतालमै छाडेर पाल्पाबाट हिँडे । त्यसपछि न विशाल सम्पर्कमा रहे, न पैसा नै आयो ।

पाँच दिन पर्खदा पनि पति सम्पर्कमा नआएपछि सपनाले अस्पतालबाट बिदा हुन खोजिन् । तर, अस्पताल प्रशासनले पैसा नभएसम्म जान नदिने बतायो । अन्तिममा सपनाले छोरी अस्पतालमै छाडेर पैसा खोज्न माइती गाँउ गुल्मी जाने प्रस्ताव राखिन् । अस्पताल प्रशासनले ‘बच्चालाई बन्धक बनाएर’ राख्ने सर्तमा सुत्केर सपनालाई माइती गाँउ जान अनुमति दियो । छोरी नर्सको जिम्मा लगाएर ३५ हजारको खोजी गर्न सपना माइतीघर गुल्मी सदरमुकाम गइन् । यद्यपि उनको माइती गाँउ गुल्मीको पिपलधरा हो ।

घटना कसरी सार्वजनिक भयो ?

आफन्तसँग ऋण खोज्नका लागि सपना सदमुकाम तम्घासमै बसेकी थिइन् । उनले त्यहाँ केही आफन्त भेटिन् । तर, उनलाई कसैले सहयोग गरेनन् । बेसहारा बनेकी सपना सहयोगको खोजीमा गुल्मीको जिल्ला प्रहरी कार्यलय पुगिन् । त्यहीँ भेटेका थिए रातोपाटी संवादादाता प्रेम सुनारले सपनालाई । त्यसलगत्तै गुल्मीबाट उनले समाचार लेखे । हामीले शीर्षक दियौँ, ‘गरिवीको दर्दनाक कथा : अस्पतालको पैसा तिर्न नसकेर श्रीमान फरार, १२ दिनकी सुत्केरी बच्चा छाडेर पैसा खोज्न माइतीतिर’ माघ १६ गते साँझ महत्वका साथ रातोपाटीमा समाचार प्रकाशित भएपछि सहयोगीहरु पनि भेटिए । देश–विदेशबाट उनलाई सहयोग गर्नेहरुले आश्वसन दिए । रातोपाटीको समाचार र फेसवुक पेजमा सहयोगीले सम्पर्क मागे । हामीले पीडित सपना र संवाददाता प्रेमलाई सम्पर्क गन लगायौँ । सहयोगका लागि विभिन्न ठाँउबाट फोन आएपछि सपनाको अनुहारमा पनि चमक आयो । उनी अव बच्चा काखमा आउने ‘सपना’ देख्न थालिन् ।
सहयोगको आश्वसन दिनेहरुलाइ रातोपाटी धन्यावाद दिन चाहन्छ, साथै ति महिलासम्म सहयोग पुगेको थप समाचार प्रकाशित गर्न चाहन्छ । नवजात शिशुलाई आमाको न्यानो काखमा राख्नुपर्छ भनेर सिकाउने अस्पतालले १० दिनकी सुत्केरीलाई पैसा खोज्न एक्लै गाउँ पठाएपछि अस्पतालको आलोचना शुरु भएको थियो ।
बन्धक बच्चा छाड्न यसरी बाध्य भयो अस्पताल
रातोपाटीमा समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले बल्ल सपनालाई खोज्न थाल्यो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply