६० वर्षकाले गरे १९ वर्षकी गर्भवतीसँग विवाह>>>हेर्नुहोस
फाल्गुन;७
अमेरिकाको ओहायोमा ६० वर्षका एक व्यक्तिले १९ वर्षकी प्रेमीकासँग विवाह गरेका छन् । ती व्यक्तिको विवाहमा पहिलो श्रीमतीसमेत खुसी छिन् ।
थम मिलर नामका ती व्यक्तिले विवाह गरेकी १९ वर्षकी प्रेमीका रेबा गर्भवती समेत छिन् । उनले म्यान्सफिल्डमा नयाँ घर बनाएका छन्, जसमा उनका दुवै पत्नीहरू बस्छन् । मिलरले यसअघि ५ वटा महिलाबाट १२ सन्तान भइसकेको दावी पनि गर्छन् ।
मिलर दुवै पत्नीसँग सातामा ३-३ रात सुत्ने गर्छन् । म्यान्सफिल्डमा उनको आफ्नै चर्च छ जहँ उनले रेबासँग विवाह गरेका थिए ।
मिलर र उनकी पहिली पत्नी बेलिडाले विवाहको ७ वर्षपछि नै एक भन्दा बढी विवाहको विषयमा छलफल गरेका थिए । तर, यो उपाय रेबासँग भेट भएपछि मात्र सत्यमा परिणत भयो । रेबालाई दुवैले रेबा बच्चा हुँदा देखिनै चिन्थे ।
४४ वर्षकी रेबिडा र रेबाले आफूहरु यस विवाहबाट खुसी भएको समेत जनाएका छन् । रेबा भन्छिन्, ‘पहिले मेरो परिवारलाई मैले गरेको काम ठिक नभएको लागेको थियो, किनकी मैले विवाहित पुरूषलाई छानेको थिए । तर, अब उनीहरू पनि यस सम्बन्धबाट खुसी छन् ।’ यस्तै, बेलिडा भन्छिन्, ‘म घरमा एक अर्की महिला चाहन्थे ।स्रोत;रोचक खबर
No comments: