LATEST NEWS

नाई भन्दा भन्दै छोरीमाथि बाबुले यो के गरे ?>>>>>पढ्नुहोस र सक्दो शेयर गर्नुहोस्

Posted by Unknown ~ Sunday, 7 February 2016

डेली न्युज पोखरा;
हाम्रो समाजमा अझैपनि छोरीमाथि भेदभाव कायमै रहेको कुरा यो घटनाले प्रमाणित गर्छ ।
नेपालको छिमेकी सहर बिहारमा एक दम्पत्तिले आफ्नै छोरीलाई जिउँदै जलाएका छन् । विहारको मसौढी पुलिस स्टेशन अन्तर्गत पर्ने पुरानो बजारमा शुक्रबार खुशबू नामकी युवतीलाई उनकै आमा र बाउले जिउँदै जलाएर हत्या गरेका हुन् ।
हत्याको कारण खुशबूले विहे गर्न अस्वीकार गर्नु रहेको मसौढी प्रहरीले जनाएको छ । खुशबूकी आमाको पहिले नै मृत्यु भइसकेको छ । उनका एक दाई छन् । अहिले उनकी सौतेनी आमा छिन् ।
उनले अहिले नै विहे नगर्ने र आफूले अझै पढ्ने इच्छा जाहेर गरेकी थिईन् । आमा र सौतेनी आमाबाट जिउँदै जलाइएकी खुशबूको शुक्रबार राति पटना मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
खुशबूका दाई अमृत राजले प्रहरीमा उजुरी दर्ता गर्दै भनेका छन्– ‘मेरा पिता सुनील ठाकुर र सौतेनी आमा पूनम देवी र अन्य नातेदार मिलेर खुशबूको यसकारण जिउँदै जलाए कि उनले विहे गर्न अस्वीकार गरेकी थिईन् । उनी अझै पढ्न चाहन्थिन् ।’ १२ कक्षामा अध्ययनरत खुशबू होनहार छात्रा थिइन् ।
भारतीय च्यानल आजतकका अनुसार मसौढी पुलिस स्टेशनका एसएचओ अरुण कुमार अकेलाले खुशबूको मृत्यु जल्नुकै कारण भएको बताए । उनले भने– ‘हामी उनको मृत्युको अवस्थाबारे अनुसन्धान गरिरहेका छौं । यसका लागि हामी पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छौं ।’
प्रहरीमा दिइएको उजुरीमा खुशबूका दाई अमृतले भनेका छन्– ‘मेरी बहिनी अझै पढ्न चाहन्थिन् तर, पिता र सौतेनी आमाले दुई महिना पहिला नौबतपुरका एक अधवैशे उमेरका पुरुषसँग उसको विहे तय गरिदिएका थिए ।’
जब खुशबूले यो कुरा थाहा पाइन् तब उनले विहे अस्वीकार गरिन् जसका कारण उनका आमा बुवा निकै रिसाएका थिए । त्यसपछि खुशबूलाई घरमा असह्य यातना दिइयो र बुधबार राति पिता र सौतेली आमा लगायत मिलेर उनलाई जिउँदै जलाएर फरार भए ।
त्यसपछि घटनास्थल पुगेका दाजु अमृतले गाउँलेको सहयोगमा उनलाई लोकल हस्पिटल लगे जहांबाट उनलाई गमभीर अवस्थामा पटना मेडिकल कलेज हस्पिटलमा रेफर गरियो । त्यहाँ पुग्दा उनको मृत्यु भयो । प्रहरीले दाई अमृतको उजुरीका आधारमा मुद्दा दर्ता गरेको छ र घटनाको छानविन गरिरहेको छ । यो घटनाका सबै आरोपी फरार छन् ।स्रोत;एजेन्सी

Categories
Tags

Related Posts

No comments:

Leave a Reply