LATEST NEWS

उमेरभन्दा ७ वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण हुन्छ त ?(जानिराखौ)

Posted by Unknown ~ Sunday, 21 February 2016

फाल्गुन;९
तपाई नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ‘हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाका बारेमा थाहा हुनु जरूरी हुन्छ ।’

मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौ महिला तथा पूरूषसँग यसविषयमा सोध अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्राय ४० देखी ५० वर्षका उमेरका महिला तथा पुरूषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागे अनुसार जति मानिसहरू डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए उनीहरुले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।उनीहरू हप्तामा कम्तिमा ३ पटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन् जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्वपूर्ण पाटो हो ।

किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?


– सेक्स एक व्यायाम जस्तै हुन्छ, जसले रक्त सञ्चार बढाउँछ, र यसले शरिरलाई फाइदा पुर्याउँछ । शरिरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईको छालामा समेत चमक आउँछ ।– सेक्सका क्रमा एण्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ र यसले तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।
– सेक्सका क्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।

-सेक्सले तपाईको थकाईलाई समेत कम गराउँछ र मिठो निन्द्राको आनन्द लिन सक्नुहुन्छ ।स्रोत;यजेंसी 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply