LATEST NEWS

फेसबुकमा तपाईंले थाहा नपाएका पाँच कुरा यस्ता छन्>>>हेर्नुहोस

Posted by Unknown ~ Saturday, 13 February 2016

डेली न्युज पोखरा
फेसबुक त तपाईं हामी सबै चलाउँछौं । र अधिकांश यसका फिचर पनि सबैलाई थाहा नै छ । तर फेसबुकमा केही यस्ता सुविधा छन् ती सुविधा निकै कमलाई मात्रै थाहा होला ।

१. तपाईं फेसबुकमा आफूलाई मनपरेको लिस्ट सेट गर्न सक्नुहुन्छ । फेसबुकमा ‘इन्ट्रेस्ट लिष्ट’ नामको एउटा नयाँ सुविधा दिइएको छ जसको सहयोगले तपाईं आफूलाई मनपरेको कुनै पनि लिष्ट बनाउन सक्नुहुनेछ ।

२. फेसबुकमार्फत् तपाईंले फ्रेन्डसिप हिस्ट्रीलाई जाँच गर्न पनि सक्नुहुन्छ । यदि तपाईं आफ्ना सबै साथीहरुको हिस्ट्री जाँच गर्न चाहनुहन्छ भने यसका लागि तपाईंलाई आफ्नो साथीको प्रोफाइलमा गइरहन आवश्यक छैन ।

३. फेसबुकमा एकजना साथीको लागि मात्र अनलाईन स्टाटस लुकाउन पनि मिल्छ । यदि तपाईं आफ्नो फेसबुकमा आफ्नो अनलाइन स्टाटस लुकाउन चाहनुहुन्छ भने यसका लागि तपाईंले आफ्नो सबै साथीहरुलाई अफलाइन गर्न आवश्यक छैन । मात्र त्यो साथीको च्याटिङ बक्सको माथि दिइए
को सेटिङ आइकनमाथि क्लिक गर्नुहोस् र ‘टर्न अफ च्यान फर’ मा उनको नाम हालेर क्लिक गर्नुहोस् ।

४. तपाईं फेसबुकको डाटा डाउनलोड पनि गर्न सक्नुहुन्छ । यदि तपाईं आफ्नो फेसबुक प्रोफाइलमा सेभ भएको डाटा डाउनलोड गर्न चाहनुहुन्छ भने यसका लागि तपाईं फेसबुको सेटिङ आइकनमा गएर ‘जनरल अकाउन्ट सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ दिइएको ‘डाउनलोड अ कपी अफ योर फेसबुक डाटा’ अप्सनमा क्लिक गरेपछि त्यहाँ भएको सबै फोटो र डाटा सेभ गर्नसक्नुहुन्छ ।

५. फेसबुकमा यदि तपाईं फेसबुकको नोटिफिकेसन साउन्डबाट तनावमा हुनुहुन्छ भने त्यसलाई बन्द गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले फेसबुक प्रोफाइललाई ओपन गर्नुहोस् र सेटिङ अप्सनमा गएर नोटिफिकेसन अप्सनमा क्लिक गर्नुहोस्, त्यहाँ तपाईंले ‘अन’ को अप्सन देख्नुहुनेछ र त्यसलाई बन्द गर्नुहोस् र ‘प्ले अ साउन्ड’ अप्सनमा लगाइएको टिक मार्कलाई हटाएर सेटिङमा सेभ गर्नुहोस् ।स्रोत;एजेन्सी

Categories
Tags

Related Posts

No comments:

Leave a Reply