LATEST NEWS

१२ वर्षीया बालिका जसले विवाह गर्न मानिनन्>>>ह्र्र्नुहोस पुरा खबर

Posted by Unknown ~ Tuesday, 23 February 2016

फाल्गुन;१०
नाइजर – बालकिशा चाइबूले डाक्टर बन्ने सपना देखेकी थिइन् । तर १२ वर्षको उमेर नपुग्दै उनको जीवनमा स्तब्धकारी घटना घट्यो । उनले पत्तो पाइन् कि नाताले दाई पर्नेसँग विवाह गर्ने सहमति उनको परिवारले उनी जन्मदै गरेको थियो । १२ वर्षको उमेरमै उनले आफ्नो अधिकारका लागि लड्न निर्णय लिइन् । त्यसका लागि आफ्नै परिवारलाई अदालतमा पु¥याउन समेत उनी पछि थिइनन् । ‘म स्कुलबाट आउँदै थिए र आमाले बोलाउनुभयो । समूहमा आएका पाहुनामध्ये एकतर्फ इंकित गर्दै उहाँले भन्नुभयो । तिम्रो विवाह उसँग हुनेछ ।’ बालकिशाले पुराना घटना कोट्याइन् –‘मलाई सुरुआतमा उनले जोक गरेजस्तो लाग्यो । तर उनले लगत्तै भनिन् जाउ र कपाल मिलाएर आउ । त्यसपछि मैले बुझे ।’ गरिब अफ्रिकी राष्ट्र नाइजरकी चाइबूले सधैँ महत्वाकांक्षी रहिन् । सेतो कोट लगाएर पिडामा छट्पाइरहेकाहरुको घाउमा मल्हम लगाउने उनको सपना थियो । विवाह गर्नु सपनाबाट एकाएक व्यूझँनु थियो । विगत ंसंझदै चाइबूले भन्छिन्–‘उनीहरुले पहिल्यै भनेका थिए विवाहपछि पढ्न पाइदैँन । तर म पढ्न चाहन्थे । त्यसैले त्यो यूवकसँग मेरो सम्बन्ध टिक्दैन भन्ने मैले महसूस गरे ।’ नाइजर बालविवाहको मामिलमा संसारमै पछाडी रहेको देश हो । संयुक्त राष्ट्रसंघको पपुलेशन फन्डकी नाइजरस्थित प्रतिनिधि मोनिका क्लेस्का भन्छिन्–‘ यदी मैलेँ धेरै बच्चामध्ये एउटाको बिहे गरिदिएँ भने कम्तिमा पनि एउटालाई पाल्नुपर्दैन भन्ने मनोविज्ञानले यस क्षेत्रमा काम गर्छ बालकिशा चाइबूका आमा–बाबुसँग ५ छोरीहरु थिए । त्यसैले बालकिशालाई विवाह गरिदिनु भनेको उनीहरुको परिवारमा एउटा बोझ घट्नु थियो । नाइजरमा बच्चामै विवाह गरिदिदाँ छोरीहरु कुमारी अवस्थामै गर्भवती हुने संभावनाबाट बच्न सकिन्छ भन्ने मनोविज्ञानले पनि काम गर्छ । चाइबूकी आमा हाजिदा अल्माहामोउड भन्छिन्–‘ बाल्यकालमै विवाह गरिएन भने मानिसहरुले समाजका सामू अपहेलित हुनुपर्छ । त्यसैले बाल्यकालमै धेरैको विहे हुन्छ ।’ विवाह गर्न इन्कार गरेपछि चाइबूकीले आफ्नो पढाईलाई निरन्तरता दिइन् । तर बेहुलासँग ठट्टा गरेको भन्दै उनलाई धम्की आउन थाल्यो । जब उनी १६ वर्षकी भइन् । एकदिन उनको घरमा बहुलीको सामान आइपुग्यो । सुटकेशमा बेहुलीका लागि आवश्यक पर्ने ऋंगार सामाग्री थिए । ‘त्यतिबेला मेरो चित्त धेरै दुखेको थियो । मैले गर्न खोजेको काम समाज र मानिसहरुलई मन परेको थिएन ।’– चाइबू भन्छिन् । तर उनले धैर्यता कायमै राखिन् र साहस बटुलेर फेरि प्रस्ताव इन्कार गरिन् । उनी आमालाई छोरीले किन बिहेको प्रस्ताव लत्याइन् भन्ने थाहा थियो । तर उनले छोरीलाई कुनै सहयोग गर्न सकिनन् । चाइबू आफैले आफ्नो बाबुसँग बिहे गर्न तयार रहेको तर तत्कालका लागि विहेको समयमा मात्रै श्रीमान्सँग भेट्ने र पढाई पुरा भएपछि एकसाथ बस्ने प्रस्ताव साहसपूर्वक राखिन् । स्थानिय परम्पराअनुसार आफ्ना भाईका छोराछोरीहरुप्रति जेठो दाजूको अधिकार रहन्छ । त्यसैले उनको दुलाहा बाबु अर्थात उनका ठूलोबुबाले उनीमाथि अधिकार जमाउन खोज्दै थिए । हुनेवाला ससूरालाई बुढ्यौलीले छोइसकेको थियो , त्यसैले चाइबूका आकांक्षाहरु सुन्न उनी तयार भएनन् र बिहेको तयारी थाले । निकै चिन्तित देखिएकी चाइबूले आफ्ना स्कुलका प्रिन्सिपल मोउमोउनी हारोउनासँग सहयोगका लागि अपिल गरिन् । उनले सेन्टर फर जुडिसियल असिस्टेन्स एन्ड सिभिक एक्सन नामक एनजीलाई चाइबूको समस्इाका विषयमा बताए । त्यसपछि यो एनजीओले चाइबूका बाबु र उनका ठूलो बुबालाई विवाहका लागि जर्बजस्ती गरेको आरोपमा मुद्धा लगायो । अदालतमा चाइबूका ठूलो बुबाले चाइबूले लगाएका आरोप निराधार रहेको बताए । उनले चाइबूले राम्रोसँग नबुझेको र यस्तो जर्बजस्ती गर्न नचाहेको बयान दिएपछि मुद्धा टुंगियो । तर घर फर्कदा चाइबूलाई ठूलो बुबाले ज्यान मार्ने धम्की दिए । ‘उनले मलाई बुहारी बनाएर लैजान नपाए मारेर मेरो लाश एउटा झोलामा बोकेर भएपनि नाइजेरिया लान्छु भने ।’– चाइबू भन्छिन् । यस धम्कीपछि चाइबूले घर छाड्नि र एउटा महिला सेल्टरमा शरणार्थीका रुपमा जीवनयापन गर्न थालिन् । ‘म यहाँ पहिलो रात बस्दा निन्द्रा नै लागेन । म मेरा बाबु आमाका सम्बन्धाम सोचिएको थियो । मलाई थाहा थियो कि ठूलो बुबाले म मेरा बाबु आमाको बेइज्जत गर्नेछन् र उनीहरुलाई पनि ज्यान मार्ने धम्की दिनेछन् ।’चाइबूले अनुमान लगाएभन्दा परिस्थिती फरक बन्यो । जेल जानुपर्ने डरका कारण बेहुला पक्ष नाइजेरिया फर्कियो । चाइबू एक हप्तापछि शरणार्थी शिविरबाट घर फर्किइन् । ‘ जब मैले स्कुल युनिफर्म लगाए । त्यतिबेला मलाई जीवन फेरि फर्किएजस्तो लाग्यो । यस्तो लाग्यो कि यो नयाँ सुरुआत हो ।’– कलेज सुरु गर्दाको पहिलो दिनलाई उनले यसरी संझिन चाहिन् । यस प्रकरणपछि चाइबूका आमा बाबुले जर्बजस्ती विवाह गर्ने सोच परिवर्तन गरे । आमा भन्छिन्–‘ यो घटनापछि हाम्रो परिवारमा यस्तो सोच बदलियो । हामी यो प्रकरणबाट निकै डरायौँ । कुनै केटी ठूलो भइसकेपछि उसले आफैँ श्रीमान् रोज्न पाउनुपर्छ ।’ चाइबूले शरण लिएको सेल्टरकी अध्यक्ष मारियामा मुसा नाइजरमा घरेलु हिंसा ठूलो समस्या रहेको बताउँछिन् । जर्बजस्ती विवाह घरेलु हिंसाकै एक रुप रहेको उनको भनाई छ । ‘यो एउटा घरेलु हिंसाकै नमूना हो । यहाँ शारीरिक तथा मनोवैज्ञाकि हिां धेरै हुन्छ । श्रीमान्ले सहन नसकेपछि श्रीमतीमाथि मुक्का प्रहार गर्छ । गर्भवती अवस्थामा समेत धेरै महिला हिंसा सहन बाध्य छन् । कतिले घर छाडेर हिडेका छन् ।’ चाइबू अहिले आफू स्वतन्त्र महसूस गर्छिन् । परिवारको त्याग गर आफ्नो पढाईप्रतिको लगावका कारण यस्तो स्वतन्त्रता पाएको उनको ठम्याई छ । ‘मलाई थाहा छ अब मेरो परिवारको आशा मेरो काँधमा छ । सबैले मलाई गणना गर्छन् । सबैको आँखा ममाथि छ ।’–उनी भन्छिन् । चाइबु अहिले १९ वर्षकी भइन् । उनी अन्य किशोरीहरुलाई पनि आफ्नै उदाहरण पछ्याउन प्रेरित गर्छिन् । उनी जर्बजस्ती विवाहको विरोधमा अभियान सञ्चालन गरेर लागेकी छिन् । विभिन्न स्कुलहरु घुम्दै उनी यस विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिन्छिन् । जर्बजस्ती भएका बालविवाहकै सम्बन्धमा उनले संयुक्त राष्ट्रसंघको सम्मेलनमा समेत भाषण दिइसकेकी छिन् । ‘ १५ वर्षअघि बालबालिकाको शरिर नै विकास भइसकेको हुदैँन । ३४ प्रतिशत टिनएजरहरुको नाइजरमा बालविवाहकै कारण मृत्यु हुन्छ । अझै, गर्भवती हुनेहरुको संख्या यसमा बढी छ ।’– युएनकी प्रतिनिधि क्लेस्का भन्छिन् । जर्बजस्ती विवाहलाई इन्कार गरेकी बालकिशा चाइबू अहिले डाक्टर बन्ने आफ्नो सपना पछ्याउँदै छिन् । उनी अहिले मेडिकल पढ्दैछिन् । ‘म यो भन्दिन कि विवाह गलत हो । तर त्यसका लागि सही समय आउनुपर्छ ।’– एक विद्यालयमा भाषण गर्दै चाइबूले भनिन् । पढ्न सहज छैन् होला, तर तपाईले विवाहका लागि होइन पढाईका लागि जर्बजस्ती लड्नपर्छ । त्यसैले लड्न सुझाव दिन्छु किनकी पढाई मात्रै तपाईको आशाका केन्द्र हो ।’

Categories
Tags

Related Posts

No comments:

Leave a Reply