LATEST NEWS

छोराले गरे बञ्चरो प्रहार गरी जन्म दिने आमाको हत्या>>हेर्नुहोस

Posted by Unknown ~ Thursday, 18 February 2016

बैतडी, ६ फागुन । जिल्लाको शिखरपुर गाविस–८ गिगडीका ३५ वर्षीय अन्तराम बोहराले बञ्चरो प्रहार गरी आमा नन्दा बोहराको हत्या गरेका छन् ।

बुधबार राति अन्तरामले ६० वर्षीया आमा नन्दाको हत्या गरेका हुन् । मानसिक अवस्था ठीक नभएका उनले बञ्चरोले आमाको खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला
प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण साउदले जानकारी दिनुभयो ।

अन्तरामलाई प्रहरी चौकी गाजरीबाट गएको टोलीले आज पक्राउ गरेको छ भने शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply