चुरोट मागेको भन्दै एक अवोधलाई वेहोश हुनेगरी पिटेर मुखमा पिसाब फेरीदिने यि को हुन् ?>>>हेर्नुहोस
डेली न्युज पोखरा;माघ २०
भारतको हरियाणामा यस्तो दर्दनाक घटना घट्यो । जहाँ चुरोट मागेको आरोपमा एक युवकलाई ४ जनाको समुहले रामधुलाई गरेको छ । सीसीटीभीबाट लिइएको यो भिडियो अत्यन्तै दर्दनाक छ । जहाँ एक अवोध मानिसलाई उक्त समुहले एकोहोरो मात्रै पिटिरहन्छ । उक्त समुहले धेरै बेर ति अक्षय भंडारी नाम गरेका युवक माथी कुटपिट गरेपछि उनी वेहोश भएर सडकमा ढल्न पुग्छन् । त्यति गर्दा पनि उनीहरु अक्षय माथि जाइलागीरहन्छन् । र वेहोश अवस्थामा पल्टेका युवक माथि भारी मोटरसाइकल ढलाइदिन्छन् । र मुखमा पिसब फेर्न समेत पछि पर्दैनन् ।
यस्तो हर्कत गर्ने यो समुहलाई भारतीय मिडियाले राक्षस उपनाम दिएको छ । हरियाणामा भएको यो घटनामा पिडितका साथी राहुलका अनुसार उनका साथीले आत्महत्या गरेको तनावमा उनले होटलबाट निस्केका युवकहरुसँग चुरोट माग्न पुग्छन् र यस्तो स्थिीति देखा पर्छ । घटना घटेको केही बेरमा नै प्रहरीे अक्षयलाई अस्पताल पुर्याउन त सफल हुन्छ तर उनको गम्भिर अवस्थाका कारण थप उपचारका लागी दिल्ली रिफर गरिएको छ ।
भण्डारीका दुई वटै खुट्टा भाँचीएका छन् भने शरीरको अन्य अंगहरु पनि छिया छिया भएका छन् । उनका आफन्तले आरोपीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन् । सोही होटलमा खाना खाएर बाहिर निस्किएका उनले चरोट माग्दा नदिएको भन्दै एक जनालाई हातपात गरेपछि उनी आक्रमणमा परेको भारतीय मिडियाले उल्लेख गरेको छ ।स्रोत;एजेन्सी
No comments: