को हुन् त सुशील कोइरालाका ‘दोषी’, जसका कारण अचानक निधन हुन गयो >>>>हेर्नुहोस पुरा खबर
डेली न्युज पोखरा;मघ२९
कांग्रेस सभापति सुशील कोइरालाको देहावसान उचित स्याहारसम्भार नहुनाले भएको बुझिएको छ । कोइरालाको निवासस्थान सूत्रबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री पदबाट हटेपछि उहाँको परिवारका सदस्यहरू लाखापाखा लागेका थिए । प्रधानमन्त्री पदमा रहँदा अमेरिकाबाट कोइरालाको देखभाल गर्न नेपाल आएकी बुहारी प्रभा भण्डारी उहाँ पदमुक्त भएलगत्तै अमेरिका फर्केकी छिन् । सुशील कोइरालालाई औषधि सेवन गराउने र आवश्यक हेरचाह गर्ने काम पहिले भाञ्जीबुहारी प्रभाले नै गर्दैै आएकी थिइन् । त्यसो त कोइराला प्रधानमन्त्री रहनुहुँदा उहाँको हेरविचार गर्न परिवारका सदस्यहरूबीच एकप्रकारको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो । मृदुला कोइराला र प्रभा भण्डारीबीच हुने प्रतिस्पर्धाबारे कहिलेकाहीँ पत्रपत्रिकाले पनि समाचार प्रकाशित गर्ने गर्दथे । स्वकीय सचिवका रूपमा रहेका रमेश भण्डारी मृदुला बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा प्रवेश गरेको हेर्न चाहँदैनथे । सुशील कोइरालाकी दिदी पनि मृदुला सुशीलसँग निकट भएको हेर्न चाहँदैनथिन् र बेलाबेलामा सुशीललाई सम्झाउने गर्दथिन् । तथापि औषधि, पानी र ममता दिन मृदुलाले छोडिनन् । दिदी, भाञ्जा, भाञ्जीबुहारी र मृदुलाबाहेक परिवारका अन्य सदस्यहरूले पनि सुशील कोइरालाको हेरचाह गर्ने प्रतिस्पर्धामा भाग लिने गर्दथे । तर, प्रधानमन्त्री पदबाट सुशील मुक्त भएपछि भने परिस्थिति बदलियो । महाराजगञ्जस्थित डा. सशाङ्क कोइरालाको घरमा आश्रय लिन जानुभएपछि भाञ्जीबुहारी प्रभा अमेरिका फर्किइन् । भाञ्जा रमेश भण्डारी आफूलाई मामाले योग्यता–क्षमताअनुसार जिम्मेवारी नदिएको भनेर मामा सुशीललाई भेट्नै जान छोडेका थिए । सशाङ्क कोइराला पहिलेदेखि नै टोखा बस्दै आएका थिए । कहिलेकाहीँ सुशीलको निवास (सशाङ्कको घर)मा देखापर्ने मृदुला कोइराला विगत पन्ध्र दिनदेखि विराटनगरमै थिइन्, सुशीलको हेरचाह गर्नेतिर उनको कुनै रुचि देखिँदैनथ्यो । भतिजा अतुल कोइरालाले दिउँसोको समयमा गएर पीएको हैसियतमा काम गरे पनि साँझ, बिहान र राति कोइरालाको हेरचाह गर्ने फुर्सद उनीसँग थिएन । काम गर्ने दुईजना केटाहरूको भरमा बसेका सुशीलले कैयन दिनदेखि उचित स्याहार पाएका थिएनन् । चौबीसै घन्टा न्यानो–तातोमा बस्नुपर्ने कोइरालालाई न्यानोको उचित व्यवस्था पनि भइरहेको थिएन । निमोनिया भएमा उनको प्राण रक्षा गर्न नसकिने भनाइ चिकित्सकहरूको थियो । घटना र विचार साप्ताहिकमा समाचार छ । क्रोनिक ब्रोङ्काइटिसबाट पीडित सुशील क्यान्सरको औषधि खाँदै थिए । तातोको उचित व्यवस्था हुन नसकेपछि सुशील दुई दिनदेखि बिरामी थिए । सोमबार (माघ २५ गते) राति दश बजेपछि श्वास–प्रश्वासमा कठिनाइ उत्पन्न भएकोले उनलाई न्यानो दिने र स्वास्थ्यस्थिति सामान्य बनाउ
No comments: