LATEST NEWS

केरा फ्रिजमा राख्न मिल्दैन,उसो भए कसरी राख्न सकिन्छ त ताजा ? (भिडियोसहित)>>हेर्नुहोस

Posted by Unknown ~ Saturday, 5 March 2016

फाल्गुन;२३
केरा यस्तो फल हो जसलाई अन्य फलफूलजस्तो फ्रिजमा हालेर राख्न पनि मिल्दैन । अन्य फलफुलहरु महिनौ फ्रिजमा हालेर खान सकिन्छ भने केरा फ्रिजमा राख्ने वितिक्कै खानयोग्य रहँदैन ।एक त केरा फ्रिजमा राखेपछि बिग्रन्छ नै साथसाथै केराको कोसामा रहने फेदको डण्डीबाट इथाईलिन निस्किन्छ । जसले आसपासमा रहने अन्य तरकारी तथा फलफूललाई समेत बिगारिदिन्छ । त्यसोभए केरालाई कसरी राख्ने त सुरक्षित ? यसको सजिलो उपाय छ । तपाईं केरा केहि दिनका लागि नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने केराको फेदमा प्लास्टिकले टमक्क हुनेगरी बेर्नुहोस् ।यसरी लामो समयसम्म नै राख्न सकिन्छ भन्ने होइन, तर, तुलनात्मक रुपमा केही समय बढी ताजा राख्न यो उपाय प्रभावकारी हुन्छ । केरालाई लामो समय ताजा राख्ने यो नै एक सहज र प्रभावकारी उपाय हो ।स्रोत;रोचक खबर 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply