LATEST NEWS

नेपाली युवायुवतिले कुन उमेरमा पहिलोपटक यौनसम्पर्क गर्छन् त ?>>हेर्नुहोस

Posted by Unknown ~ Wednesday, 2 March 2016

फाल्गुन;२०
नेपालका १६ प्रतिशत महिलाले १५ वर्षमै पहिलोपटक यौनसम्पर्क राख्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अध्ययनमा यस्तो तथ्य पत्ता लागेको हो । सर्वेक्षण प्रतिवेदनले महिलाहरुको कम उमेरमै विवाह हुने गरेकाले १५ वर्षको उमेरमै १६ प्रतिशत महिलाले यौनसम्पर्क राखिसकेको र पुरुषहरुको हकमा भने दुई प्रतिशत पुरुषले मात्र १५ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क राख्ने गरेको देखाएको छ ।

‘१८ प्रतिशत महिलाको विवाह १५ वर्षको उमेरमा नै हुने गरेकाले पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको प्रतिशत सानो उमेर देखिएको हो’ प्रतिवेदनमा भनिएको छ, ‘सरकारले विवाहवारी वीस वर्ष पारी भनेर कार्यक्रम चलाएको धेरै वर्ष भएपनि अझै पनि आधाभन्दा बढी महिलाको विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको पाइएको छ ।’ मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ ।

सन् २०११ मा गरिएको यो अध्ययनले ५४ प्रतिशत महिलाले १८ वर्षको उमेरमा र ७२ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राखिसकेको पनि देखाएको छ । यसैगरी पुरुषमा भने २५ प्रतिशतले १८ वर्षको उमेरमा र ४५ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राख्ने गरेको देखाएको छ । ‘पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको औसत उमेर १७.७ वर्ष रहेको छ भने पुरुषको औषत उमेर २०.५ वर्ष रहेको छ’ प्रतिवेदनमा भनिएको छ । अध्ययनले पुरुषको तुलनामा महिलाको विवाह सानै उमेरमा बढी हुने भएकाले पहिलो यौनसम्पर्कको उमेरमा फरक परेको जनाएको छ । प्रतिवेदनअनुसार नेपाली महिलामा पहिलो विवाह हँुदाको औसत उमेर १७.५ वर्ष र पुरुषको विवाहको औषत उमेर २१.६ वर्ष रहेको छ ।

महिलाको शैक्षिक यौग्यता बढ्दै गएपछि विवाह गर्ने उमेरमा पनि वृद्धि हुँदैं गएको सरकारी प्रतिवेदनमा उल्लेख छ । २५ देखि ४९ वर्षसम्मका महिला तथा पुरुषमा गरिएकोसो अध्ययनले प्रतिशित अशिक्षित महिलाले १६.६ वर्षको उमेरमा, माध्यमिक शिक्षा हासिल गरेका महिलाले १८.५ वर्षको उमेरमा विवाह गरेको र औषतमा ५५ प्रतिशत महिलाले १८ वर्षको उमेरमा नै विवाह गरेको देखाएको छ । सोही उमेर समुहका पुरुषमा १९ प्रतिशतले १८ वर्षको उमेरमा र विवाह गर्दाको औषत उमेर २१.६ वर्ष रहेको उल्लेख गरेको छ । महिलाको तुलनामा पुरुषको विवाह गर्ने उमेर ४ वर्षपछि रहेको अध्ययनले देखाएको छ ।स्रोत;रोचक खबर 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply