आफ्नै सन्तान जब हत्यारा बनेर कालका रुपमा आउँछन् (भिडियो सहित) >>हेर्नुहोस
चैत ८ गते-
केही समयअघि एउटा अपत्यारिलो घटनाले निकै चर्चा पायो ।घटना थियो काठमाडौंको र बिषय थियो आफ्नै छोरीले सम्पत्तिका लागि बुबाको हत्या सम्म गर्न पछि नपरेको घटनाको ।
टोखाका माइला महर्जन त्यतिबेला यति खुशि भए होलान् जब उनले छोरीका रुपमा संगीतालाई जन्म दिए । तर अफशोच हुर्काईबढाई गरेकी उनै छोरी माइलाका लागि हत्यारा बनेर कालका रुपमा आईन् ।
आफैंले रोजेको केटासँग विवाह गरेर गएकी संगीताले बाबुसँग बारम्बार बिहेपछि पनि पैसा माग्न थालिन् । बाबुको भएभरको सबै सम्पत्ति हात पार्न सजिलो नठानेपछि उनले बाबुको हत्या गराइन् र आमा र दाइको समेत हत्या गराउन खोज्दा प्रहरीको फन्दामा परिन् ।
यहि कथाको सेरोफेरोमा रहेर शंकर अधिकारी घायलको लेखन निर्देशनमा सर्ट मुवि हत्यारा छोरी निर्माण भएको छ ।
युवराज खत्री को छायांकन र सम्पादन मा युवराज खत्री, दिक्षा रैला, पार्वती कुमाल, अशोक सुनार, उषा बस्नेत र मुस्कान लामाको अभिनय रहेको छ ।स्रोत;ताजा खबर
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
No comments: