कृषि विकास बैंकको स्वयम्भु शाखामा झन्डै ३४ करोड हिनामिना गर्ने पक्राउ>>हेर्नुहोस
चैत्र;३
कृषि विकास बैंक स्वयम्भु शाखामा भएको बैंकिङ कसुरमा सम्लग्न भइ फरार भएका धु्रवतारा सहकारी बानेश्वरका संचालक सागर थापालाई सिआइबीले पक्राउ गरेको छ ।
कृषि बिकास बैंक स्वयम्भु शाखामा नक्कली नागरिकताको आधारमा सरोज यादव, रंजित भट्टराई, नविन गुरुङ र बलराम केसीको नाममा खाताहरु खोली उनीहरुको खातामा रेमिट्यान्सबाट कृषि बिकास बैंकका अन्य बिभिन्न शाखाहरुबाट रकम आएको र जम्मा भएको देखाई हिनामिना गर्ने थापालाई पक्राउ गरिएको सिआइबीका एसपी दिवेश लोहनीले जानकारी दिए।
खातावालाहरु नागेन प्रधान, सुमन शर्मा, रबि कार्की, गोबिन्द भण्डारी , गगन प्रधान, महेन्द्र राई, बसन्त राई र अर्जुन भण्डारी समेतको नाममा रकमान्तर गरी गराई भुक्तानी लिई थापाले कृषि बिकास बैंकलाई ३३ करोड ९३ लाख ३९ हजार हानी नोक्सानी पुर्याएको लोहनीले बताए।
उनले खातावाला बसन्त राई समेतको नामका नक्कली नागरिकताहरु बनाउने गरेको र ती नागरिकताहरुको आधारमा कृषि बिकास बैंक लगायतका अन्य बैंकहरुमा खाता खोल्ने खोलाउने र खाताहरुमा जम्मा भएको रकम भुक्तानी लिई बाँडफाँड गर्ने कार्यमा समेत उनी सम्लग्न भएको लोहनीले बताए।
स्रोत ;सेतो पाटि
No comments: