LATEST NEWS

प्रचण्डले पार्टीको नाम फेर्नुको कारण ज्योतिषको भनाई (भिडियो सहित)>.हेर्नुहोस

Posted by Unknown ~ Tuesday, 24 May 2016

जेठ;११
माओवादी पार्टीभित्रको एउटा रहस्यबाहिर आएको छ । फुटेका माओवादी हरूलाई जुटाएर प्रचण्डले पार्टीको नाम फेर्नुको कारण एकिकृत भन्ने शब्द उनलाई नफापेको भन्ने ज्योतिषीय भनाइ रहेको र त्यसलाई प्रचण्डले मनन् गरेको पाइएको छ । प्रचण्डलाई पार्टीको नामको अगाडि एकिकृत अर्थात एबाट आएको नाम नफापेको बताउने ज्योतिषी हुन् दीपक सुवेदी ।

कहिले काही राजनीतिक क्षेत्रको बारेमा गम्भीर भविष्यवाणी गरी चर्चामा आउने गरेका ज्यो. दीपक सुवेदीले नयाावर्ष २०७३ सालको बारेमा सगरमाथा टेलिभिजन सागको अन्र्तवार्तामा प्रचण्डलाई पार्टीको नाम एबाट शुरु भएको नफापेको बताएका थिए । सो संवादमा ज्यो. सुवेदीले जुनदिनदेखि प्रचण्डले विभिन्न समिकरण जोडेर पार्टीको नामको अगाडि एकिकृत जोडे त्यो दिनदेखि नै उनको अधोगति हुनथालेको बताएका थिए । कतिनै भौतिकवादी देखिएपनि एक नं.को पार्टीबाट पछिल्लो चुनाबमा तेस्रो नं.मा ओर्लेको एमाओवादी भित्र ज्यो. सुवेदीको सो भनाइले गाम्भीर्यता ल्याएको थियो भनिन्छ ।

त्यसो त बाहिर बाहिर नास्तिक तथा अतिभौतिक वादी बन्ने गरे पनि प्रचण्डले कुर्सिको लागि ग्रह शान्तिको नाममा भैंसी पूजा गर्ने लगायतका काम गर्दै नआएका पनि त होइनन् । २०७३ बैशाख १ गते ज्यो. सुवेदीले सगरमाथा टेलिभिजनलाई दिएको संवादमाउनले नयाा वर्षको भविष्यको बारेमामात्रै नभएर मूलत:चातुर्य शैलीमा राजनीतिक क्षेत्रको ज्योतिषीय विश्लेषण गरेकाथिए । संविधान नै नटिक्ने भन्ने सम्मको तर्क थियो उनको । जसले गर्दा सो अन्तर्वार्ताको राजनीतिक लगायत सबै क्षेत्रमा सोलेचर्चा पाएकोथियो ।

यस पूर्व पनिउनले गरेको धेरै भविष्यवाणीहरू सहीभएको चर्चा बेलाबेलामा मिडियामा आउने गरेको छ । जसले गर्दा उनले भनेको कुरामा अप्रत्यक्ष रूपमै भएपनि राजनीतिक क्षेत्रले मनन् गर्न थालेको अनुमान गर्न सकिन्छ । राजाविरेन्द्रको मृत्यु, पहिलो संविधान सभाबाट तथा त्यतिबेलाको राजनीतिक संयन्त्रबाट निकास ननिस्कने जस्ता उनका भविष्य वाणीले बडी चर्चा पाएका थिए । पछिल्लो समयमा उनको भविष्यवाणीमा खिलराजको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्ने, दोस्रो संविधानसभाले धर्मलाई संबोधन गरेको खण्डमा संविधान जारी गर्नसक्ने भन्ने लगायतका थिए । हुनपनि संविधानको मस्यौदामा धर्मको बारेमा केही नबोलेकोमा पछि अनुसूचिमा लगेर टिप्पणी गरी धर्मनिरपेक्षताको परिभाषामा सनातन धर्मको संरक्षण आदिगर्ने भनी संवोधन भएपछि संविधानजारी भएको थियो ।

झनखास एकिकृत भइरहेको बेलामा किन माओवादीले एकिकृत भन्ने शब्द हटायो भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । यस प्रश्नको उत्तर सगरमाथा टेलिभिजनमार्फत ज्यो. दीपक सुवेदीले भनेको भनाई नै हुनसक्ने विश्लेषकहरू अनुमान रहेको छ । राजनीतिक व्यक्ति एवं पार्टीहरूको बारेमाआफूले गर्ने गरेको भविष्यवाणी प्रायश: गोप्य राख्ने स्वभावका ज्यो. सुवेदीले सञ्चारकर्मीले ताकेता गरेपछि सो संवादको कपिलाई युट्युबमा अपलोड गरी सार्वजनिक गरेको बताएका छन् । सगरमाथा टेलिभिजनसागको संवादको लिंक तल दिइएको छ l
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
SOURCE;RATO PATI

Categories
Tags

Related Posts

No comments:

Leave a Reply