जेठ १४ मा दुई महानायकको ‘एक्सन’ (भिडियोसहित)>>हेर्नुहोस
जेठ;९
एक्सन किंङको रुपमा एकछत्र राज गर्दै आएका नायक शिव श्रेष्ठ र अन्य नायकहरुले गर्न नसकेको खतरनाक स्टन्ट आफ्नो चलचित्रहरुमा दिँदै आएका पछिल्ला एक्सन नायक प्रमोद दिप अब एउटै चलचित्र ‘एक्सन’ देखाँउन आँउदैछन । यी दुईको भिडन्तमा कुन ‘एक्सन’ नायकले बाजी मार्ने हो त्यो थाहा पाउन भने जेठ १४ सम्म कुर्नु पर्ने भएको छ ।
चिरायु फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘एक्सन’ जेठ १४ बाट एक साथ देशभर प्रदर्शनमा आउने भएको छ । शिव श्रेष्ठ अभिनीत चलचित्र एक्शनमा देशको परिवर्तनको लागि युवा तथा नागरिकहरुको सकारात्मक भूमिकाका साथ राष्ट्र निर्माणमा लाग्न सन्देश दिने निर्देशक राजु अर्यालले बताए ।अर्यालकै कथा तथा निर्देशनमा बनेको चलचित्र ’एक्सन’मा शिव श्रेष्ठका अलवा प्रमोद दिप, जेनिशा केसी मुख्य भूमिका देखिएका छन् । चलचित्रमा नायक श्रेष्ठ र दिपको दमदार एक्शन हेर्न पाईने भएको छ ।
देशमा भईरहेको विकृती, विसंगती, अन्याय, अत्याचार, भ्रष्टाचारको निर्मुल गर्न युवाहरुको भूमिकालाई चलचित्रमा देखाउन खोजेको निर्देशक अर्यालले बताए । फिल्ममा कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुँरागाई, अभिरुची बुढाथोकी, विक्रान्त तिवारी र प्रकाश लुईटेलको पनि अभिनय रहेको छ ।स्रोत;लाइट नेपाल
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्;
No comments: