LATEST NEWS

ग्याँस प्लान्ट विष्फोटमा दर्जनौंको ‘हताहती’ विस्तृत विवरण आउन बाकीं हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Friday, 25 December 2015

दक्षिणी नाइजेरियास्थित एउटा औद्योगिक ग्याँस प्लान्टमा ठूलो विष्फोट हुँदा दर्जनौं मानिसहरुको ज्यान गएको विवरणहरु प्राप्त भएका छन्। कतिपय विवरणहरुमा सय जनाको ज्यान गएको उल्लेख गरिएको छ। अनाम्ब्रा राज्यको नोवी शहरमा एउटा ट्रकबाट खाना पकाउने ब्युटेन ग्याँस झार्न लागिएका बेला विष्फोट हुँदा आगलागी शुरु भएको बताइएको छ। विष्फोटपछि त्यहाँ भीषण आगलागी शुरु भएको थियो। चपेटा घटनाका बेला खाना पकाउने ग्याँस भर्न मानिसहरु लाइनमा बसिरहेका थिए। ग्याँस प्लान्टका कामदार र बटुवाहरु पनि आगलागीको चपेटामा परेका थिए। उक्त क्षेत्र वरपरका घरमा पनि क्षति पुगेको घटनाबारे प्राप्त विवरणहरुमा जनाइएको छ। घटनाबारे आइरहेका विवरणहरु अनुसार ३५ देखि एक सय जनाको बीचमा हताहती भएको हुन सक्छ। भीषण स्थानीय प्रहरीले घटनाको पुष्टि गरिसकेको छ तर विस्तृत विवरण उपलब्ध गराएको छैन्। अधिकारीहरुका अनुसार मृतकका शव र घाइतेहरुलाई नोवीस्थित एउटा शिक्षण अस्पतालमा पुर्याइएको छ। एकजना प्रत्यक्षदर्शीले भानगार्ड समाचार पत्रिकालाई बताएअनुसार ग्याँस झार्नुअघि अनिवार्य चिस्याउने समयसीमा पूरा नहुँदै ट्रकका ग्याँस झार्न शुरु गरिएपछि विष्फोट भएको थियो। प्रत्यक्षदर्शीहरुमा अनुसार आगलागी यति भीषण थियो कि नियन्त्रणमा लिन अग्निनियन्त्रक र स्थानीयबासिन्दाहरुलाई कैयौं घण्टा लागेको थियो। स्रोत: बीबीसी नेपाली 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply