LATEST NEWS

गर्भवती भएको कसरी थाहा पाउँने र त्यसका लक्षणहरु के के हुन्छ थाहा पाउनुहोस

Posted by Daily News Pokhara ~ Friday, 25 December 2015

पहिलो पटक गर्भवती भएको लक्षणहरु थाहा नपाउँने धेरै महिला हुन्छन् । त्यसमा पनि किशोरीहरु गर्भवती भए भने त झन धेरैले थाहा नपाइरहेका हुन्छन् । गाउँमा त गर्भवती सम्बन्धी जाँच गर्न पाइन्छ भन्नेसम्म धेरैलाई थाहा नभएको अवस्था छ । दर्गम गाउँमा त त्यस्तो सुविधा पाउँन धेरै मुस्किल छ । कुनै कारणले दुई महिनासम्म पनि महिनावारी नभएको अनुभव गरेका किशोरीहरुले त पेट बढेको देखेर मात्र आफु गर्भवती भएको थाहा पाउँदछन । गर्भधारण भएको छ भने निम्न किसिमका लक्षणहरु हुन्छन्ः

  1. महिनावारी रोकिएको हुन्छ,
  2. बिहान बिहान वाकवाकी लाग्ने तथा बान्ता पनि हुने (मर्निङ सिक) हुन थाल्दछ,
  3. स्तनको आकार बढ्दै जान थाल्दछ, अलिअलि साह्रो पनि भएको अनुभव हुन्छ,
  4. समाउँदा वा छुँदा पनि स्तन र स्तनको मुण्टो दुखेको महसुस हुन्छ,
  5. पिसाव छिटोछिटो लाग्न थाल्दछ ।

यी लक्षणहरु तथा चिह्न देखिएमा आवश्यकताअनुसार गर्भवती महिलाले गर्भलाई निरन्तरता दिने भएमा सोही अनुसार बिचार गर्ने र तयारी गर्ने । यदि त्यो निरन्तरता दिनु नमिल्ने वा असमर्थ रहेको अबस्थामा आवश्यक सरसल्लाह लिन सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा नै सम्पर्क राख्नुपर्दछ । किनकि जहाँपायो त्याहिँ गराउँदा ज्यान जान पनि सक्छ वा फेरि कहिल्यै पनि बच्चा नहुने स्थिति पनि हुन सक्दछ । गर्भ रहेको शंका लागेमा ४८ घण्टा भित्र स्वास्थ्यकर्मीको सल्लाह अनुसार आकस्मिक गर्भनिरोधको साधनको प्रयोग वा औषधि खान पनि सकिन्छ ।
शहर बजारमा त गर्भ परिक्षण गर्ने गर्भ भए नभएकोे थाहा पाउन टेस्ट किट भन्ने एक किसिमको सामाग्रीको प्रयोग गरेर निश्चित गर्न सकिन्छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply