यदि तपाईलाई यि ७ लक्षण देखा पर्यो भने तपाईलाई हर्ट एट्याक ( हृदयघात ) हुँदैछ । लक्षणहरु जानी राखौं
विश्वमा धेरैजसो व्यक्तिहरुको मृत्युको कारण हर्ट एट्याक हुन्छ । कतिपय बिरामीहरुलाईत हर्ट एट्याकको बारेमा थाहा नै हुँदैन । यदि थोरै भए पनि सावधानी अपनाउने वा अाफूलाई ध्यान दिने भने समयमै उपचार पाएर हर्ट एट्याकबाट बच्न सकिन्छ । तर यसको लागि लक्षणहरु थाहा पाउन जरुरी हुन्छ । हर्ट एट्याकको लक्षण १ महिना अघि देखीनै देखा पर्दछ । यदि तपाईलाई पनि यो ६ वटा लक्षण देखा परेको छ भने सतर्क हुनुहोस् किनकी तपाईपनि हर्ट एट्याकको शिकार हुन सक्नुहुनेछ ।
१. छाती असहज हुनु
छातीमा असहज हुनु हर्ट एट्याकको मुख्य लक्षण हो । छातीमा हुने दुखाइका कारण तपाई हर्ट एट्याकको शिकार बन्न सक्नुहुनेछ । यदि तपाईको छातिमा कुनै दबाव या पोल्ने किसिमको समस्या भएमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
२. थकान
बिना शारिरीक परिश्रम तपाईलाई थकाई लाग्नु पनि हर्टएट्याकको लक्षण हुनसक्छ। मुटुलाई ज्यादा मेहनतको जरुरी तब हुन्छ जब धमनी कोलेस्ट्रोलको कारण बन्द हुन्छ । प्राय थकाई लाग्दा राम्रो सँग निदाएपछि थकान हट्दछ । तर बिना मेहनत र राम्रो सुताइ हुँदा हुँदै अल्छी हुनु र थकाइको महसुस गर्नु हर्ट एट्याक को लक्षण हुनसक्छ ।
३. शरीर फुल्नु
मुटुलाई शरीरको बाँकी अंगहरुमा रगन पुर्याउनको लागि अधिक मेहनत गर्नु पर्दछ जसको कारण शिराहरु फूल्दछन् यस्तो हुँदा सुनिने हुन्छ । यसको असर बिशेषगरी खुट्टाको पन्जा, र अन्य भागहरु सुनिने गर्दछन् । अोठको सतहको रङ निलो हुनु पनि यसको लक्षण हुन्छ ।
५. सर्दी लागिरहनु
लामो समय सम्म सर्दी या सर्दी सम्बन्धित लक्षणहरु देखा परिरहन्छ भने यस्तो हुनु पनि हर्ट एट्याकको लक्षण मानिन्छ ।
५. चक्कर लाग्नु
मुटु कमजोर भएका कारण रक्त संचार सहि तरिकाले काम गर्दैन । यस्तो हुँदा दिमागले अक्सीजन पाउँदैन जसकारण चक्कर लाग्ने हुन्छ । यो हर्ट एट्याकको गम्भीर लक्षण हो जसबारे तपाईले तुरुन्त ध्यान दिनुपर्ने हुन्छ ।
६. स्वास प्रस्वासमा कठिनाइ
यदि सास लिनमा कुनैपनि समस्या हुन्छ भने यो पनि हर्ट एट्याक को लक्षण हो । मुटुले सहि ढंगले काम गर्न नपाएका कारण फोक्सोमा पर्याप्त मात्रामा अक्सीजन पुग्दैन जसको कारण साल लिनमा कठीनाइ हुन्छ ।

No comments: