नेपाली दूतावासको फोनै उठ्दैन किन ?
पुस ८, २०७२- अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली दूतावासमा फोन र इमेलमार्फत सम्पर्क गरेर सूचना माग्दा नपाएको गुनासो नेपालीले गरेका छन् । दूतावासको फोन सेवाबाट सेवा पाउनु भनेको असम्भवजस्तै रहेको नेपालीहरूको गुनासो छ ।
फोन र इमेलबाट सूचना नपाएपछि सामान्य कार्यका लागि लामो दूरीमा रहेको दूतावासमा पुग्नुपर्ने बाध्यता रहेको नेपालीको भनाइ छ । सिड्नीमा सेफमा कार्यरत एकनाथ सुवेदीले आफू दूतावासबाट एक वर्षसम्म पीडित बनेको कान्तिपुरलाई बताए ।
‘हो हामी यो गुनासोबाट जानकार छौं,’ अस्ट्रेलियास्थित नेपाली राजदूत रुद्रकुमार नेपालले भने, ‘एकातिर हामीसँग पर्याप्त जनशक्ति छैन भने अर्काेतिर एमआरपी बनाउने व्यस्तताका कारणसमेत यो समस्या आएको हो ।’
उनी दूतावासले फोनको जवाफ सकेसम्म दिने गरेको दाबी गर्दै कहिलेकाहीं आफैंले समेत फोनको जवाफ दिने गरेको बताउँछन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अत्यन्तै गुनासो आएपछि आफैंले समेत फोन सम्पर्क गर्ने कोसिस गरेका नेपाली टाइम्स अस्ट्रेलियाका सम्पादक सुजित सिग्देलसमेत यो गुनासोलाई गलत भन्दैनन् ।

No comments: