LATEST NEWS

विज्ञापनले एकाएक चर्चित बनेकी एउटी १९ वर्षे केटी (भिडियो सहित ) हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Sunday, 27 December 2015

एजेन्सी । शाशा क्षेत्री भन्ने नाम मात्र लिदां धेरैलाई लाग्नसक्छस शाशा क्षेत्री को होरुु आजकल प्रत्येक भारतीय टेलिभिजनमा एयरटेल मोबाइल कम्पनीको फोरजी सेवाको विज्ञापन बज्ने गर्छ । त्यही विज्ञापन गर्ने मोडल हुन् शाशा क्षेत्री। धेरैले उनलाई शाशाको नामले भन्दा पनि एयरटेल फोरजी गर्लुको उपमाले चिन्छन्। 

विज्ञापन गर्नुअघिसम्म संगीत सिक्दै गरेकी शाशा एउटा विज्ञापन कम्पनीमा काम गर्थिन् । तर एयरटेलको एउटा विज्ञापनले उनी भारतभर एकाएक चर्चित बनेकी छन्। उनलाई बलिउड तथा क्रिकेटका स्टार झैं सबैले चिन्न थालेका छन्।शाशा भारतको उत्तराखण्डको देहरादुन बस्ने नेपाली मूलकी भारतीय हुन् । शाशा क्षेत्री

भारतको बोर्कास्ट अडियन्स रिसर्च काउन्सिल अफ इन्डिया (बिएआरसी)का अनुसार १९ सेप्टेम्बर देखी २० नोभेम्बर सम्मको अवधिमा शाशाले खेलेको विज्ञापन ५४ हजार ४ सय ६ पटक प्रसारण भएको थियो। दुई महिनाको अवधीमा साशा करिब टिभीमा ४७५ घन्टा अर्थात २० दिनको समयबराबर टिभीमा देखिइन्।उनी टिभीमा मात्र हैन होर्डिङ् बोर्ड, पत्रपत्रिका लगायतका सबै माध्यममा छाएकी छन्। 

भारतीय संचारमाध्यमले शाशाको यो लोकप्रियतालाई सन् ८०को दशकको मध्यमा शर्फु विज्ञापनमा देखिएकी कविता चौधरीको जस्तो भनेर लेखेका छन्। शाशा केहि समयपछि एउटा म्यूजिक एल्बम निकाल्ने तयारी रहेकी छिन्। विज्ञापन कम्पनीले उनलाई खेलाउनुको कारण कतै नदेखिएको, व्यवसायिक मोडल जस्तो नदेखिने अनुहारको खोजी गर्दा उनलाई भेट्टाएको जनाएको छ। शाशा क्षेत्री

अभिनयको कुनै औपचारिक तालिम नलिएकी शाशाले कंगना रनावत र इमरान खान स्टारर कट्टीबट्टीुमा अभिनय गरिसकेकी छिन्। एयरटेलको विज्ञापन खेल्नु अघि उनले अमेजन एडमा फिचर भएकी थिइन् जसको बारेमा धेरै अनविज्ञ नै थिए।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply