LATEST NEWS

कम सुत्नेलाई रुघाखोकीले सताउँछ - आखिर किन पढ्नुहोस

Posted by Unknown ~ Thursday, 14 January 2016

पछिल्लोपटक गरिएको एक अनुसन्धानले अपर्याप्त निद्राका कारण मानिसमा रुघाखोकीको जोखिम बढ्ने देखाएको छ ।
अनुसन्धान अनुसार दिनमा ६ घण्टा वा सो भन्दा कम समय मात्र सुत्ने मानिसलाई रुघाखोकीले सताउने जोखिम बढि रहन्छ ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मुख्य शेाधकर्ता डाक्टर एरिक प्राथरका अनुसार रुघाखोकीले सताउने कारक तत्वहरुमा अन्य मध्ये कम निद्रा वा अनिद्रा सबैभन्दा महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ ।
मानिसहरुको उमेर, वर्ग, तनावको अवस्था, शिक्षा तथा आय वा अन्य जिवनशैली जे सुकै रहेपनि रुघाखोकीका लागि निद्रा सबैभन्दा महत्वपूर्ण विषयको रुपमा रहेको उनले बताएका छन् ।
शोधका क्रममा १६४ जना स्वस्थ मानिसहरुलाई एक हप्तासम्म उनीहरुको नाडीमा सेन्सर बाँधेर उनीहरुको सामान्य निद्राको आनीबानी रेकर्ड गरिएको थियो ।
त्यसपछि उनीहरुको नाकबाट रुघा लगाउने राइनो भाइरसको झोल हालियो । अनि उनीहरुलाई ५ दिनसम्म होटलमा छुट्टै राखेर अवलोकन गरियो की कति जनालाई रुघाखोकीको लक्षण देखापर्छ ।
त्यसक्रममा कम समय मात्र सुत्ने गरेका मानिसहरुमा रुघाखोकीको लक्षण तत्कालै देखा पर्यो भने पर्याप्त निद्रा सुत्ने मानिसहरुमा रुघाखोकी देखा परेन ।
अपर्याप्त निद्राले मानिसको रोग प्रतिरोधी क्षमता पनि घटाउँछ भन्ने यसअघिको सिद्धान्त समेत यो प्रयोगले सिद्ध गरेको दाबी शोधकर्ताको छ ।
शोधकर्ताहरुले मानिसहरुको निद्राको समय मात्र मापन गरेका थिए । निद्राको गहिराइ वा गुणस्तर मापन गरिएको थिएन । मानिस रातको समयमा कति घण्टा सुत्दछ भन्ने कुराले मात्र प्रभाव पार्ने तर सुतेको बेला रातमा कतिपटक जागा हुन्छ वा पूरै एक निद्रामै बिहान मात्र ब्युँझिन्छ भन्ने कुराले फरक नपार्ने शोधकर्ताहरु बताउँछन् ।
रातमा ७ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसहरुमा चिसो तथा रुघाखोकीले सताउने जोखिम थोरै सुत्ने मानिसमा भन्दा कम रहने अध्ययनको निष्कर्ष छ ।
यसअघिका विभिन्न अध्ययनले अपर्याप्त निद्राले मानिसमा बिमार तथा मोटोपना समेत बढाउँछ ।
विज्ञहरुका अनुसार स्वस्थ मानिसका लागि रातमा ८ घण्टाको गहन निद्रा आवश्यक हुन्छ ।निद्राको गडबडीले मानिसमा रुघाखोकीको औषधि तथा खोपको प्रभाव पनि घटाउने शोधकर्ताहरु बताउँछन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply