१ सय १२ वर्षीय बाटुली भन्छिन्, ‘दिनको ३० वटा बिँडी पिएर पनि बाँचेकै छु’ >>>>पढ्नुहोस र तपाइको प्रतिक्रिया दिनुहोस
डेली न्युज पोखरा;
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर १ सय १२ वर्षकी वृद्ध बाटुली लामिछाने यो भनाईलाई मान्न तयार छैनन् । विक्रम सम्वत १९५९ मा सिन्धुपाल्चोकमा जन्मिएकी बाटुली विवाहपछि नुवाकोटस्थित श्रीमान्को घर गइन् । तर, उनका लागि जीवन सहज भएन । ८ दशकअघि नै भारत गएका श्रीमान् छविलाल लामिछाने फर्किएनन् । त्यसका बाबजुद बाटुली विना तनाव १ सय १२ वर्षसम्म आफ्नो जीवन चलाइरहेकी छिन् । उनी धुम्रपानकी अम्मली हुन् । दैनिक ३० वटा बिडीँ पिउँछिन् । उनी भन्छिन्–‘सक्रिय जीवनशैलि र तनाव बिनाको दैनिकी मेरो लामो जीवनको कारण हो ।’ बेलायती समाचार संस्था डेलीमेलमा उनको बारेमा समाचार नै छापिएको छ । बाटुलीले १७ वर्षको उमेरबाटै बिँडी तान्न शुरु गरेकी थिइन् । उनका जेठा छोरा ८५ वर्षका भए । नाति–नातिनी र उनीहरुका छोरा–छोरी पनि छन् । उनको आवाज आजकल राम्ररी सुनिदैँन । तर पनि बाटुलीले आफ्नो प्राय काम सबै आफै गर्छिन् । भन्छिन्–‘आजकलका मानिस तनाव धेरै लिन्छन् । उनीहरु शारीरिक परिश्रम कम गर्छन् । त्यसैले धेरै बाँच्दैनन् ।’ लामो जीवन जिउन चाहनेहरुलाई मन्त्र दिदैँ भन्छिन्–‘तनावमुक्त हुनुहोस र सधैँ सक्रिय रहनुस् । सधैँ खुसी हुनुहोस् र तपाईले लामो जीवन बाँच्न पाउनुहुनेछ । म कति वर्षको भए भन्ने वास्ता गर्दिन । तर म अझै बुढी भएकी छैन् । मैले आफ्नो जीवनमा धेरै परिवर्तन देखेँ । आफ्नो उमेरका बाबजुद उनी अझै चेन स्मोकर हुन् र दैनिक झन्डै ३० वटा बिडीँ पिउँछिन् । भन्छिन् –‘मैले बिडीँ पिउन थालेको ९५ वर्षभन्दा धेरै भयो । तर बिडीँ खाएकै कारण केही नराम्रो भएको छैन् ।’ उनी बिक्रीका लागि बजारमा पाइने चुरोटको गुणस्तर भने राम्रो नहुने बताउँछिन् । गत वैशाखमा गएको महाभूकम्पपछि उनको घर भत्किएको छ । Categories
Tags
No comments: