यसरी खुलाईन कोमल वलीले आफ्नो जवानीको रहस्य - हेर्नुहोस् जानकारीको लागि पुरा खबर >>>
डेली न्यूज़ पोखरा: पानीको बोतल समाएर गायिका कोमल वलीले स्टेजबाट भनिन् ‘पानी पिउनुस् अनि जवानी बचाइराख्नुस् ।’ सहभागी दर्शकलाई हौस्याउँदै उनले भनिन्, ‘यी हेर्नुस् त म राम्री छैन र ? के मेरो स्वर राम्रो छैन र ?’ यति भनेर उनले आफ्नै चर्चित गीत ‘मलमल कीरी जूनकीरी…’ गीत गाइन् । अनि फेरि भनिन् ‘यी मेरो स्वर कति राम्रो छ हो, यस्तै स्वर बनाउनु छ भने कोमल जल पिउनुस् ।’ उनले स्वास्थ्यका लागि पानी निकै महत्त्वपूर्ण हो भन्दै पानी धेरै पिउन पनि सल्लाह दिइन् ।अनि उनीसँगै रहेका हास्यकलाकार जितु नेपालले व्यंग्य गरे ‘उता केपी ओली यता कोमल वली, जताकतै ओली नै वली, फेरि केपी ओली रिसाएर भन्नुहोला, यो नाममा केही छैन, थर ठूलो हो, कोमल जल किन राख्या, ओली जल पो राख्नुपर्ने !’ कोमलले गृहजिल्लामा पानी उद्योग खोलेकी छिन् । गृहनगर तुलसीपुरमा खोलिएको पानी उद्योगमा उनलाई भाइ नरेन्द्र वली र कपिलवस्तुका व्यापारी सिर्जन पोख्रेलले व्यावसायिक रूपमा साथ दिएका छन् । बिहीबार उनकै नामको ब्रान्ड रहेको मिनिरल वाटर ‘कोमल जल’ सार्वजनिक गरियो । प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, कोमल वली अनि उनका परिवार र अन्य व्यवसायीले पानी उद्योगको उत्पादन सार्वजनिक गरे ।
करिब ६० लाखभन्दा बढी लागतमा खोलिएको यो ओम ड्रिङ्किङ वाटर कम्पनीले बोरिङबाट निकालेको पानीलाई प्रशोधित गरेर बोतल तथा जारहरू बजारमा बेच्नेछ । आफ्नै कर्मभूमिमा परिवारसँग मिलेर केही गरौ भन्ने सोचले सेवामूलक उद्योगमा हात हालेको कोमलले बताइन् । ‘हामी पैसामात्रै कमाउने उद्देश्यले यो उद्योग खोलेका होइनौं, पानी उद्योग सेवामूलक पनि हो’ उनले भनिन् ‘यो उद्योगबाट बेचिने हरेक बोतल पानीबाट कमाइ हुने १० पैसा सामाजिक काममा लगाउनेछौं ।’
वलीको यो पानी उद्योग उद्घाटनमा साथ दिन कलाकार जितु नेपाल, गायिका ऋतु कँडेल, कमल गाउँलेलगायतका कलाकारहरू दाङ पुगेका थिए । पानीको नाम ‘कोमल जल’ राखेर आफूलाई सरप्रइज दिएको उनले बताइन् । ‘सरस्वती र लक्ष्मीको भेट कहिल्यै हुँदैन भन्छन्, म त यो उद्योगमा लगानी गरेर केही होलाजस्तो लाग्दैन’ उनले भनिन् ‘तर, पनि परिवारसँग मिलेर केही गरौं भनेर यतातिर नि हात हालियो, हेरौ कस्तो हुन्छ ।’’

No comments: