नर्ससित लसपस गर्दा डाक्टर डुबेपछी >>>>>>>कसरि यस्तो हुन पुग्यो त आखिर?????तलको लिंक क्लिक गरि पुरा खबर पढ्न नभूल्नु होला
डेली न्युज पोखरा;माघ ८
महानगरीय प्रहरी वृत्त कालिमाटीस्थित महिला सेलले महिला तथा घरेलु हिंसाका घटनाको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ । महिला सेलमा आउने अधिकांस घटनाहरु महिलासँग सम्वन्धित हुन्छन् । केहि प्रतिनिधी घटनाहरु यस्ता छन्ः
नर्ससित लसपस गर्दा डाक्टर डुबे
वीर अस्पतालका डाक्टर जितेन्द्र यादव (नाम परिर्वतन) को करिब एक वर्ष अगाडी ममता घिमिरे (नाम परिर्वतन) नाम गरेकी नर्ससँग चिनजान भयो । सामान्य चिनजानपछि घनिष्ठता बढ्दै गएर प्रेममा परिणत भयो । दुवैले शारीरिक सम्बन्ध राखे ।
ममताले विवाहित डाक्टरसँग लसपस गरेको फोटोदेखि भिडियो समेत खिच्न भ्याइन् । त्यसपछि उनले आफुलाई कान्छी श्रीमती बनाउनु पर्ने भन्दै प्रहरीमा उजुरी गरिन् ।
प्रहरी अनुसन्धानमा ममता विवाहित मात्रै होइन एक छोरीकी आमासमेत भएकी खुल्यो । उनको हर्कत त्यतिमा मात्रै सिमित रहेनछ । पहिलेको श्रीमानसँग पनि कान्छी श्रीमती बनेर गएको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । अहिले ममताले डाक्टरसँग कि वैधानिक श्रीमती बनाउनु पर्ने कि ५० लाख दिनु पर्ने भन्दै बार्गेनिङ गरिरहेकी छिन् । यो घटनामा प्रहरी अनुसन्धान जारी छ ।
श्रीमतीको नागरिकता अर्कैका नाममा
गोरखा घर भएका हरीशरण लामिछाने (नाम परिर्वतन) करिब १० वर्ष अगाडी विवाह गरेर साउदी गएका थिए । एक छोरा र तीन छोरीका बाबुसमेत रहेका उनले साउदीबाट घरखर्च भनेर श्रीमतीलाई महिनाको २५ हजार पठाइरहेका थिए । चार वर्षपछि नेपाल आएका हरीशरणले कोठामा श्रीमतीको नागरिकता भेटे तर अर्कै श्रीमानको नामबाट निकालिएको ।
आफ्पनी श्रीमतीले अर्कैको नाममा नागरिकता लिएको भेटेपछि छाँगाबाट खसे जस्तो भए । श्रीमतीलाई केहि नसोधी उनी नागरिकता बोेकेर सिधै कालिमाटी प्रहरी वृत्त पुगे । कालिमाटी वृत्तको महिला सेलले अनुसन्धान गर्दा श्रीमतीले २०६८ सालमा एक जना प्रहरीसँग विवाह गरेर उसैको नाममा नागरिकता लिइसकेको भेटियो । ती प्रहरीसँग सम्पत्ति लिएर उनले सम्बन्धविच्छेद समेत गरिसकेकी रहिछन् । ४१ वर्षीया ती महिलाको चर्तिकलाले प्रहरीलाई समेत चकित बनाएको छ ।
कालिमाटी वृत्त महिला सेलकी निरिक्षक पुणिर्मा चन्द भन्छिन्, ‘श्रीमतीको चर्तिकलाले थुप्रै श्रीमानहरु धोकामा परेका घटनाका उजुरी बढ्न थालेका छन् ।’
छोरी जन्मिदा पनि घर नलगेपछि
२०५२ सालमा काठमाडौं मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी सुहाना सिंहको (नाम परिर्वतन) कामको सिलसिलामा मेडिकल कलेज पुगिरहने शिक्षक सुभाष (नाम परिर्वतन) सँग चिनजान भयो । चिनजान प्रेममा परिणत भयो र उनीहरुले विवाह गरे ।
शिक्षकले श्रीमतीलाई वर्षौंसम्म भाडाको कोठामा राखे । छोरी जन्मिँदासमेत घर नलगेपछि सुहानाले घर नलैजानुको कारण खोजि गर्दा सुभाषले घरमा अर्को विवाह गरेर एक छोरासमेत रहेको थाहा पाइन् । त्यसपछि उनी सिधै बहुविवाहको उजुरी गर्न कालिमाटी वृतमा पुगिन् । घटना प्रहरीसम्म पुग्दा र अनुसन्धान सुरु गर्दा सुभाषले कान्छी श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए ।
असुरक्षित रहेको बहानामा श्रीमान आफुबाट टाढा भएको भन्दै सुहानाले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले सुभाषलाई पटक-पटक सम्पर्क गरेर बोलाउँदा नआएपछि घरेलु हिंसा अन्तगत मुद्दा दर्ता गरेर मिसिल अदालतमा बुझाएको छ ।
बढ्दै छन् उजुरी
कालिमाटी प्रहरी वृत्तको महिला सेलमा दैनिक यस्ता घटनाहरुका उजुरी आउँछन् । कोहि श्रीमतीले धोका दिएको भन्दै आउँछन् त कोही श्रीमानले अर्की ल्याएको भन्दै । सबै घटनालाई घरेलु हिंसाका रुपमा व्याख्या गर्छिन् महिला सेलकी निरिक्षक पुणिर्मा चन्द ।
कालिमाटी वृत्तमा आउने अधिकांस घटनाका उजुरी वैवाहिक इतरका सम्बन्धसँग जोडिएका छन् । पुस महिनामा मात्रै घरेलु हिसाको ५० वटा घटनाको अनुसन्धान गरेकी निरिक्षक चन्दका अनुसार प्रायः सबै घटनामा परपुरुष अथवा परस्त्रीगमन मुख्य कारण देखिएका छन् ।
श्रीमान विदेश गएपछि परपरुषसँग सम्बन्ध राख्ने श्रीमती, घरमा श्रीमती राखेर बाहिर अर्काकी श्रीमतीसँग सम्बन्ध जोड्ने श्रीमानको कारण नै घरेलु हिंसा बढिरहेका छन् । जर्बजस्ति विवाह गरेर बन्धक बनाएकोदेखि शंका गरेको भन्दै उजुरी गर्न आउनेहरुसम्म छन् ।
कतिपय मिलेर जान्छन्
करिब ५ महिनाअघि प्रेम शाही (नाम परिर्वतन) श्रीमतीले सुनका गहना लिएर माइत बसेको भन्दै प्रहरीमा उजुरी गर्न पुगे । ७ वर्षअघि विवाह गरेकी उनकी श्रीमती विवाहको दुई वर्षदेखि माइतीमै थिइन् ।
निरिक्षक चन्दको टोलिले घटनाको अनुसन्धानको क्रममा भने प्रेमले कुटपिट गरेर श्रीमतीलाई घरबाट निकालेको देखियो । प्रहरीले दुवैलाई बोलाएर छलफल गरायो । लगातार दुई महिनासम्म छलफल गराएपछि शाहीको घर-झगडा प्रहरी चौकी भन्दा बाहिर पुगेन र उनीहरु मिलेर बस्ने भन्दै घर फर्किए ।
प्रहरीले अधिकांश घरेलु हिंसामा मिलाउने प्रयास गरिदिने र त्यो सम्भव नभए अदालत पठाउने गरेको निरिक्षक चन्द बताउछिन् । उनी भन्छिन्, ‘अधिकांस घटनामा उनीहरु आफैं मिल्छन् । कोहि एक-अर्कालाई छोडेर बस्छन् त कोहि सँगै । तर घटनालाई धेरै लम्ब्याउन चाहँदैनन् ।
कतिपय घटनामा एक पक्ष उजुरी गर्न पुग्छन् तर अनुसन्धान गर्दा अर्को पक्ष पीडित देखिन्छन् । निरीक्षक चन्दको भनाईमा हिजोआज प्रेमको नाममा ठगिने र अर्काको श्रीमान र श्रीमतीलाई आँखा लगाउँदा घरवार नै बिग्रिएका घटनाहरु बढिरहेका छन् ।
No comments: