LATEST NEWS

महिलाहरुले आलु कम खानु पर्दछ यसकारण हेर्नुहोस् पुरा खबर जानकारीको लागि >>>>

Posted by Daily News Pokhara ~ Thursday, 21 January 2016

डेली न्यूज़ पोखरा: जो महिलाहरु धेरै आलु खाने गर्छन ती महिलाहरुमा गर्भावस्थाको समयमा मधुमेह हुने धेरै सम्भावना रहन्छ । केही समय अघि गरिएको एक अनुसन्धानबाट उक्त कुरा पत्ता लागेको हो । अनुसन्धानकर्ताहरुले आलुको स्थानमा अन्य तरकारीहरु खान सुझाव दिएका छन् । गर्भावस्थामा हुनसक्ने स्वास्थ्य समस्या मध्ये मधुमेह पनि एक प्रमुख समस्या हो । गर्भावस्थामा  गर्भवती महिलाको रगतमा चिनीको मात्रा बढ्न गएमा भविश्यमा आमा र बच्चा दुवैमा समस्या हुन सक्दछ । यूएस नेशनल इन्ष्टिच्यूट अफ हेल्थ र  हार्वर्ड विश्वविद्यालयका  शोधकर्ताहरुले १९९१ देखि २००१ सम्ममा १५००० महिलामा अध्ययन गरेको थियो । जसमा गर्भावस्थामा मधुमेह देखिएका महिलाहरुमा गर्भावस्था अघि मधुमेह देखिएको थिएन । यो अध्ययनको बारेमा ब्रिटिश मेडिकल जर्नल (विएमजे )मा प्रकाशित गरिएको थियो । 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply