LATEST NEWS

श्रीमतीले आफ्नै श्रीमानलाई धोका दिने ६ कारण यी हुन् - हेर्नुहोस् पुरा खबर जानकारीको लागि >>>>

Posted by Daily News Pokhara ~ Friday, 22 January 2016

डेली न्यूज़ पोखरा: आम रुपमा दाम्पत्य सम्बन्धमा धोकाधडीको कुरालाई प्रायः पुरुषसँग नै जोडेर देखाउने गरिन्छ । तर यो होइन की केवल पतिले मात्र आफ्नो पत्नीलाई धोका दिन्छन् । कतिपय यस्ता घटनाहरु पनि हुन्छन् जहाँ पत्नीहरुले आफ्नो पतिलाई धोका दिइरहेका हुन्छन् । भारतको मेरिटल एण्ड फेमेली थेरापीद्धारा सन् २०१२ मा गरिएको एक सर्भेक्षण अनुसार २२ प्रतिशत विवाहित पुरुषहरुले आफ्नी श्रीमतीलाई धोका दिएर परपुरुषसँग सम्बन्ध बनाएको पाइएको थियो भने १४ प्रतिशत पुरुषहरु यस्ता थिए जसले आफ्नी श्रीमतीबाट धोका पाएका थिए ।
सर्भेक्षणले एक अर्को तथ्यको पनि खुलासा गर्यो । जस अनुसार पुरुष धोकाधडीमा लाग्नुको मुख्य कारण शारीरिक थियो भने महिलाहरु भावनात्मक कारणले धोकाधडीमा संलग्न हुन्थे । महिलाहरुलाई जब परपुरुषबाट संवेगात्मक तथा मनोवैज्ञानिक सपोर्ट मिल्दछ तब उनीहरु आफ्नो पार्टनरको साथबाट हटेर अरु कुनै पुरुषसँग जोडिन पुग्दछन् । यसका अलावा अन्य कारणहरु पनि छन् जसका कारण महिलाहरु आफ्नो लोग्नेलाई धोका दिने अवस्थामा पुग्दछन् । ती मुख्य ६ कारण यस्ता छन्ः

1· जब महिलाहरुलाई आफ्नो लोग्नेबाट चाहे अनुसारको आत्मीयता तथा आफ्नोपन मिल्दैन तब उनीहरुको मनमा कुनै दोश्रो पूरुषको बारेमा सोँचाइ पलाउँदछ । यो सोँचाइले नै उनीहरुलाई पतिमाथि धोकाधडीका लागि प्रेरित गर्दछ ।

2· कतिपय अवस्थामा महिलाहरुले बदला लिनका लागि समेत आफ्नो पार्टनरलाई धोका दिन्छन् । आफ्नो प्रेमी वा पतिले आफुलाई कुनैबेला धोका दिएको तितो पोख्नका लागि बदलास्वरुप पनि महिलाहरुले धोका दिन्छन् ।

3· कहिलेकाहीँ शारीरिक सम्बन्धबाट सन्तुष्ट नहुँदा पनि महिलाहरुको मनमा आफ्नो पतिबाट अलग भई अरु पुरुषसँग सम्बन्ध गाँस्ने विचार पलाउँदछ ।

4· कहिलेकाहीँ यस्तो पनि हुनछ जहाँ महिलाहरुले आफ्नो पार्टनरबाट आफेनो शारीरिक बनाबट तथा रुपका बारेमा आलोचना सुन्नुपर्छ । जस्तै, तिम्रो फिगर त्यो केटीको जस्तो राम्रो छैन, तिम्रो रुपमा चमक छैन, छालाको रंग खुलेको छैन आदि । यी कुराहरु महिलाहरुलाई मन पर्दैन । र आफैलाई राम्रो प्रमाणित गर्नका लागि दोश्रो पुरुषसँग जोडिन पुग्दछन् ।

5· जब कोही महिला कुनै पुरुषमा निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरसँगै रहनु बाध्यता बन्दछ । तर धेरै महिलाहरु जो आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो पार्टनरको साथभन्दा पनि आफ्नो स्वाभिमानलाई माथि राख्दछन् । जब उनीहरुलाई आफ्नो स्वाभिमानमाथि खतरा मडारिएको अनुभुति हुन्छ उनीहरु आफ्नो दाम्पत्य जिवनमा पूर्णविराम लगाउन कुनै आइतबार कुर्दैनन् ।

6· कतिपय महिलाहरुलाई जिवनमा नयाँ प्रयोग गर्ने, नयाँ नयाँ अनुभव लिने इच्छा हुन्छ । एउटै पुरुषसँग लामो समयसम्म समय बिताउँदा बोर लाग्छ उनीहरुलाई । त्यसैले उनीहरु एउटा प्रेमी तथा लोग्नेबाट छुटि्टएर अर्कोसँग सम्बन्ध गाँस्दछन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply