यक यूवकले बारम्बार प्रेम प्रस्ताव अस्वीकार गर्ने युवती माथि छुरा प्रहार गरे >>>>हेर्नुहोस
उदयपुर, ५ फागुन – बारम्बार गरेको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उदयपुरमा एक युवकले युवती माथि छुरा प्रहार गरेका छन् । एक वर्षदेखि लगातार प्रेम प्रस्ताव राख्दा पनि अस्वीकार गरेको भन्दै भुटार –८ का १६ वर्षीय पूर्णबहादुर सार्कीले पञ्चावती–४ बोहोरी बोटकी १७ वर्षीया फूलकुमार मगरमाथि छुरा प्रहार गरेको उदयपुर प्रहरीको भनाइ छ ।
पञ्चावतीमा डेरा लिएर १० कक्षामा पढ्दै आएका सार्कीले मंगलबार राति झ्यालबाट छिरेर सुतिरहेकी फूलकुमारीमाथि छुरा प्रहार गरेका हुन् । फूलकुमारीमाथि छुरा प्रहार गरेको देखेपछि चिच्याएकी उनकी भतिजी १४ वर्षीया गीता राना मगरमाथि पनि सार्कीले छुरा प्रहार गरी भोगेका छन् ।
सार्कीको छुरा प्रहारबाट फूलकुमारीको मगरलाई टाउको र छातीमा चोट लागेको छ भने गीताको छातीमा चोट लागेको छ । सख्त घाइते फूलकुमारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ । फूलकुमारीलाई एक वर्षदेखि सार्कीले प्रेम प्रस्ताव राखेर बारम्बार प्रेमपत्र लेख्दै आएको र धेरै पत्र भेटिएको प्रहरीले बताएको छ ।स्रोत;ओएस नेपाल
No comments: