LATEST NEWS

पूर्व यौनसम्पर्कले पिरोल्छ>>>>हेर्नुहोस

Posted by Unknown ~ Tuesday, 16 February 2016

फाल्गुन;५
म २२ वर्षीया अविवाहित युवती हुँ । केही वर्षअघि मैले आफ्नो केटा साथीसँग यौनसम्पर्क गरेकी थिएँ । मेरो गुप्तांगबाट सेतो गन्हाउने पदार्थ बग्छ । ती केटा साथीको विवाह भएर दुईवटा छोरी पनि छन् । यो कुरा मेरो परिवारलाई थाहा छैन । यदि थाहा भयो भने म नबाँचे पनि हुन्छ । यस्तो परिस्थितिमा मैले विवाह पनि गर्न सकेकी छैन । म के गरूँ ?
७२३९

विवाहित व्यक्तिसँगको सम्बन्ध 

तपाईंले केटासाथीसँग केही वर्षअघि यौनसम्पर्क गरेको कुरा गर्नुभएको छ । तपाईंहरूबीच यौनसम्पर्क राख्नेसम्मको सम्बन्धको विकास कुन आधारमा भयो भन्ने विषयमा तपाईंले केही चर्चा गर्नुभएको छैन, त्यसैले त्यस्तो अन्तरंग सम्बन्धको कारण के थियो, थाहा भएन ।

कुनै युवती विवाहित व्यक्तिसँग आकर्षित हुनु तथा यौनसम्पर्क राख्नेसम्मको स्थितीमा पुग्नुका आफ्नै कारण हुन्छन् । विवाहित पुरुषको आफ्नो केटीसाथीसँग मागहरू धेरै हुँदैनन् भने अर्कातिर उनीहरू प्राय: परिपक्व अनि आर्थिक रूपले सुरक्षित हुन्छन् । आर्थिकका साथै मानसिक रूपमा पनि सहयोग गर्ने क्षमता राख्छन् । विशेष गरेर वृत्तिविकासमा लागेका युवतीले कुनै अविवाहित युवकसँग सम्बन्ध गाँस्दा प्रतिबद्धता देखाउनुपर्ने बाध्यता हुँदैन, किनभने यहाँ सम्बन्ध स्थायी अर्थात् जीवनभरिका लागि हो भनेर सोचिएको पनि हुँदैन । अपेक्षा पनि त्यस्तै किसिमको हुन्छ । त्यसबाहेक अर्काकी श्रीमतीबाट उसको श्रीमान्को माया खोस्ने कार्यमा कतिपय महिलाले उच्च आत्मसम्मान वा शक्तिशाली भएको अनुभव गर्ने भएकाले पनि यसो गर्ने बताइन्छ ।

तपाईंको समस्या के ?तपाईंले सन्देशमा पठाउनुभएको सीमित जानकारीका आधारमै तपाईंको समस्या के हो भन्न सजिलो छैन । तपाईंको समस्या विश्लेषण गर्न थप जानकारीको आवश्यकता पर्छ, जसले गर्दा तपाईंको के गरूँ भन्ने कुराको जवाफ दिन सकियोस् ।

विचार गर्नुहोस् कि तपाईंले उहाँसँग नजिकिँदा उहाँको विवाह भएको थियो कि थिएन ? त्यसैगरी उहाँका सन्तान थिए कि थिएनन् ? तपाईंको सम्बन्ध स्थापित भएपछि उहाँका सन्तान जन्मिएका हुन् कि ? अहिले उहाँको आफ्नी श्रीमतीसँगको सम्बन्ध के–कस्तो छ ?

त्यसैगरी तपार्इंले आफूले सम्पर्क राखेको केटा विवाहित र पिता भएको तपाईंलाई जानकारी थियो कि थिएन ? थाहा भएर पनि सम्बन्ध अघि बढाउनु भएको हो भने त्यसको कारण के थियो ? यौनसम्पर्क राख्नुभन्दा पहिले यी विषयमा कुरा भएको थियो कि थिएन ? वा तपाईंको केटासाथीले तपाईंबाट लुकाएर राख्नुभएको थियो ?

तपाईं आफू अविवाहित भएर पनि सन्तानको पिता भैसकेको व्यक्तिसँग किन यसरी यौनसम्पर्क राख्ने हदसम्म नजिक हुनुभएको हो भन्ने कुरा तपाईंलाई नै जानकारी होला । अहिले तपाईंको केटासाथीसँगको सम्बन्ध कत्तिको प्रेमपूर्ण छ ? यो दोहोरो नै छ कि एकतर्फी ? के तपाईंहरूले आफ्नो पृष्ठभूमि विचार गरेर कसरी जीवनयापन गर्ने भन्ने विषयमा छलफल गर्नुभएको छ ?

तपार्इंले यी माथि उल्लेख गरिएका अनेक प्रश्नमाथि गहिरिएर विचार गर्नुभयो भने मात्र तपाईंको समस्या के हो भन्न सकिन्छ । त्यसपछि मात्र तपाईंको के गरूँ भन्ने प्रश्नको जवाफ खोज्न सजिलो हुन्छ ।

विवाह कोसँग ?

अब अर्को पक्षतिरबाट पनि विचार गरौं । तपाईं कोसँग विवाह गर्न चाहनु हुन्छ ? के तपाईंले यौनसम्पर्क राख्नुभएको केटासाथीसँग नै वा अर्को व्यक्तिसँग ? यी परिस्थितिहरू फरक–फरक हुन्छन् ।
तपाईंले कुनै अर्को व्यक्तिसँग विवाह गर्न लाग्नुभएको हो भने यो तपाईंका लागि विवाहपूर्वको सम्बन्ध हो । यो स्तम्भमा विवाहपूर्व सम्बन्धले ल्याउने जटिलताका सम्बन्धमा पहिले पनि धेरै पल्ट चर्चा गरिसकेका छौं, आशा गर्छु पक्कै पढ्नुभएको होला । विवाहित पुरुषसँग सम्बन्ध राख्दा सम्बन्धको स्थायित्व नहुन सक्छ र अर्को व्यक्तिसँग सम्बन्ध छुटाएपछि मात्र तपाईंसँगको सम्बन्ध राम्रोसँग अघि बढ्न सक्छ र यो प्रक्रिया धेरैका लागि पीडादायक हुन्छ । यसमा तपाईंको केटा साथीका साथै श्रीमती तथा सन्तानमा समेत गहिरो असर पर्छ भने कतिपय स्थितिमा जीवन नै बर्बाद हुन्छ । यसमा सबैले हार्ने स्थिति आउन सक्छ । पारपाचुके नगरेसम्म तपाईंलाई कानुनी रूपमा सम्बन्ध अघि बढाउन सजिलो हुने छैन ।

अर्कातिर तपाईंले भन्नुभएजस्तै परिवारका सदस्य अनि साथीभाइलाई तपाईंको परिस्थिति बुझाउन सजिलो हुने छैन । तपाईंले अर्को कुनै व्यक्तिसँग विवाह गर्ने कुरा सोच्नुभएको हो भने त यसलाई गोप्य नै राखेर अघि बढ्न सके खासै समस्या नआउला । यसलाई जीवनमा भएको एउटा भूल मानेर नयाँ जीवन जिउन अघि बढ्ने कुरामा ध्यान दिनुपर्छ, तर विवाहित अनि सन्तानका पितासँग विवा
हको कुरा गर्दा भने तपार्इंको परिवारका सदस्य अनि साथीसंगीलाई सम्झाउन गाह्रो हुन्छ नै, किनभने यो कुनै बुद्धिमतापूर्ण कार्य जस्तो देखिँदैन । तपाईंको प्रतिबद्धता र इच्छा केमा छ त्यसका साथै भावी जीवनमा पर्ने असरका बारेमा विचार गरेर पाइला अघि सार्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

गन्हाउने सेतो पानी बग्ने कुरा

हुन त योनिमार्ग अर्थात् प्रजजन अंगको संक्रमणमा पनि यस्तो हुन सक्छ, तर कसैसँगको यौनसम्पर्कपछि यस्तो भएको स्थितिमा यौनरोग हो कि भनेर आशंका गर्नुपर्छ । यसका लागि चिकित्सकसँग सल्लाह गरेर तपाईं तथा तपाईंको यौनसाथी (यौनसम्पर्क भएको व्यक्ति) अनि उहाँको यौन साथीको पूर्ण उपचार गराउनुपर्छ । कन्डम प्रयोग गरेको स्थितिमा भने यस्ता संक्रमणबाट जोगिन सकिन्थ्यो र गर्भ रहने भय पनि हुँदैनथ्यो ।स्रोत;रोचक खबर 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply