LATEST NEWS

प्रेम र यौनका बारेमा थाहा नभएका जान्नैर्पने ५ कुराहरु >>हेर्नुहोस

Posted by Unknown ~ Thursday, 25 February 2016

फाल्गुन;१३
प्रेम अभिव्यक्त गर्ने दिवस अर्थात प्रणय दिवस फ्रेबुअरी १४ अर्थात आज मनाइदै छ। रातो गुलाफ, गुलिया चकलेट अनि टेड्डी बियर!
यो हप्ता अधिकांश युवा युवतीले घुमघाम अनि रमाइलोमा बिताए। नहुने साथीसंग घुमे, हुनेले गर्लफ्रेन्ड अनि व्वायफ्रेन्डसंग समय बिताए। ‘भ्यालेन्टाइन विक’ को अन्तिम दिन आज भ्यालेन्टाइन डे, आउनुस् जानौ यौन र प्रेमको बारेमा ५ रोचक जानकारी:
प्रेम उत्प्रेरक
चकलेटमा हुने फिनाएलइथालामिन, एक रसायन जसले शरिरमा डोपामिन र नोरफिनेफ्रिन हर्मोन पैदा गराउँछ। शरिरमा पैदा हुने यी हर्मोन तीनै हर्मोन हुन जुन मानिस खुसी हुँदा वा प्रेम गर्दा पैदा हुन्छन्। एक अर्थमा चकलेटले प्रेम सम्बन्ध गाँस्न सहयोग गर्छ।
तत्कालै आकर्षण
तपाइ कसै प्रति आकर्षित हुनुहुन्छ, यो थाहा पाई निर्णय लिन तपाईलाई केवल ९० सेकेण्ड समय लाग्छ। ५५ प्रतिशत आकर्षण केवल बडी ल्याङ्गोएज वा बाहिरी सुन्दरताको कारणले हुन्छ।
जनावरको प्रेम
केवल ३ प्रतिशत स्तनधारी जीवनको लागि सम्बन्ध गाँस्दछन्। जीवनभरी एउटै जीवनसाथी खोज्ने प्राणीहरुमा हाँस, ब्वाँसो, पेन्गुइन, चील आदी पर्दछन्।
प्राकृतिक पेनकिलर
तपाईले प्रेम गर्नेको फोटो हेर्दा, वा केवल सोच्दा पनि शरिरमा अक्सिटोसिनको मात्रामा वृद्धि हुन्छ। अक्सिटोसिनले शरिरमा दुखाइ कम गर्छ। यो शरिरको प्राकृतिक पेनकिलर हो।
दिल टुट्नु
छातीमा अकस्मात दुखाइ अनुभव हुने यो क्षण विशेषत: आफ्नो प्रेमी प्रेमिका संग विछोड भएपछि हुन्छ। यसलाई ‘स्ट्रेस-इन्डियुस्ड कार्डियोमियोप्याथी’ पनि भनिन्छ।स्रोत;पुर्बेली न्युज 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply