पत्नीको खुसीका लागि पतिले गराइदिए प्रेमीसँग आफ्नै पत्नीको विवाह>>>>यो कस्तो प्रकारको पति ????तपाई यस्तो पतिलाई के भन्न चाहनु हुन्छ>>>>तपाइको प्रतिक्रिया दिनुहोस
डेली न्युज पोखरा
उत्तर प्रदेशको फैजाबाद जिल्लामा एक पतिले आफ्नो पत्नीको खुसीका लागि पत्नीको विवाह उनकै प्रेमीसँग गरिदिएका छन् ।
फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको विवाह दुईवर्ष अघि नजिकैको गाऊँकी चन्दासँग भएको थियो । तर, चन्दाले अन्य पुरूषसँग प्रेम गर्थिन् । घरपरिवारले चन्दाको इच्छाविपरित फूलचन्दसँग गरिदिएका थिए ।
विवाहको केही दिनपछि फूलचन्द कामको शीलशिलामा बाहिर गएका थिए । यसैबेला चन्दाको प्रेमी गाऊँमा आएको थियो । दुवैबीच प्रेमको शिलशीला पुनः सुरू भयो र दुई वर्षपछि फूलचन्द आफ्नो गाउँ फर्किँदा आफ्नी पत्नी चन्दाले सबै कुरा सत्य बताइन् । पहिले त यो कुराले फूलचन्द रिसाए तर पछि पत्नीको दोस्रो विवाह उनको प्रेमीसँग गरिदिने सोच बनाए ।
फूलचन्दले भने, ‘ मेरो विवाह चन्दासँग भएको थियो । मैले सोचेको थिए धेरै खुसी दिनेछु तर उनी त्यसबाट सन्तुष्ट थिइनन् । उनी सूरजसँग प्रेम गर्थिन्, यसकारण यही सोचेर उनीसँग विवाह गराउन लागेको हुँ । मैले आफूले नै सूरजलाई फोन गरेर बोलाए र प्रधानलाई बोलाएर विवाह तय गरेँ ।’
फूलचन्दका लागि त्यति सहज थिएन । आफ्नी पत्नीको खुसीका लागि उसले आफ्नो सबै इच्छा, चाहना, सोच तुहाए । गाउँका प्रधान र केही अन्य मानिसको मद्धतले सूरजको घरमा सम्बन्धको कुरा पुर्याए । सूरज जन्तिसहित फूलचन्दको गाउँमा आए र गाऊको एक मन्दिरमा दुवैको विवाह धुमधामले गराइयो ।
सूरजका आमा-बाबुले सूरज आफ्नो एकमात्र छोरा हुन् । उनको खुसीका लागि सूरजले जे पनि गर्थे ।स्रोत;रोचक खबर
No comments: