LATEST NEWS

यौन सम्पर्क गर्न नमानेपछि आमाछोरीको हत्या गर्ने यक युबक पक्राउ >>हेर्नुहोस

Posted by Unknown ~ Wednesday, 17 February 2016

 रौतहट,फाल्गुन;६
यौन सम्पर्क गर्न नमानेपछि आमाछोरीको हत्या गर्ने रौतहटका एक व्यक्ति जेल चलान भएका छन् । चन्द्रपुर नगरपालिका–१३ का ५० वर्षीय राजेन्द्र दास तत्मालाई रौतहट जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश लक्ष्मीराम ढुंगानाको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ ।

राजेन्द्रले रौतहटकै हर्दिया पल्टुवा गाविस–३ की ३५ वर्षीया रेणुदेवी साह र उनकी ९ वर्षीया छोरी अंकिताको गत ४ पुसमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । मृतकका श्रीमान रामबालक साह वैदेशिक रोजगारीमा रहेका बेला हत्या भएको थियो ।स्रोत;ओयस नेपाल 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply