एक महिला जस्ले २ मिनेटमा ५ वटा बच्चा जन्माईन्>>>>>हेर्नुहोस पुरा खबर
एउटा बच्चा जन्मिनलाई कति समय लाग्छ ? तपाई हाम्रो अनुमान हुन सक्छ कम्तिमा आधा घण्टा । तर अष्ट्रेलीयाको मेलबर्नकी २६ वर्षीया किम तुकीले २ मिनेटमा ५ वटा बच्चालाई जन्म दिएकी छिन् । जुन खबर यतिबेला संसारभर भाइरल बन्न पुगेको छ । उनले जन्म दिएका ५ बच्चा मध्ये ४ वटी छोरी छन् भने १ छोरा रहेको अष्टे्रलीयाको अनलाइन अखबार ‘डब्ल्यूएटूडे’ ले उल्लेख गरेको छ ।
यस अघि नै २ जवान छोरीकी आमा बनीसकेकी किमले आफ्ना बच्चाको नाम छोराको किथ र छोरीको अली, पेनलोप, टिफनी तथा बेट्रिक्स राखेकी छिन् । तुकीलाई गर्भावस्थाका बेला दैनिक ६ हजार क्यालोरी आवश्यक रहेको उनका पतिले बताएका छन् । उनको हाल किंग एडवर्ड मेमोरियल अस्पतालको चिकित्सकको एक टोलीले रेखदेख गरिरहेको छ ।स्रोत;ओयस नेपाल

No comments: